शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुजुकीको फ्रोङ्क्स र जिम्नी गाडी लहानमा सार्वजनिक
साउन २३, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन २३ - 
सिरहाको लहानमा सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नी गाडी सार्वजनिक भएको छ । लहानका लागि सुजुकीको आधिकारीक बिक्रेता जी.बि.एस ट्रेडिंग एण्ड कम्पनी प्रालिले यी दुई मोडलको गाडी एक कार्यक्रमको आयोजना गरि सोमबार सार्वजनिक सहित फ्रोनक्स र जिम्नीको बुकिङ पनि सुरु गरेको छ । सुजुकीका यि दुई नयाँ मोडल आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित लहान बजारमा सार्वजनिक भएका छन्। सुजुकी फ्रोङ्क्स सिग्मा, डेल्टा र डेल्टा प्लस गरी तीन भेरिएन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । अहिले लहान  बजारमा बुकिङ लिइरहेको फ्रङ्क्सको सिग्मा भेरियन्टको मूल्य ३९ लाख ९९ हजार, डेल्टा भेरियन्टको ४१ लाख ९९ हजार र डेल्टा प्लस भेरियन्टको ४२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सुजुकी जिम्नी भने जेटा र अल्फा गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । जिम्नीको सुरुवाती भेरियन्ट जेटाको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसको टप भेरियन्ट अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुजुकी फ्रङ्क्स क्रसओभर मोडल हो । यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ। जुन इन्जिनले अधिकतम ९८.६९ पीएस पावर र ९८.५ एनएम टर्क प्रदान गर्छ । यसमा हलोजन प्रोजेक्टर हेडल्याम्प, ७.0 इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, इलेक्ट्रीकली एडजस्टेबल विङ मिरर, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, सुजुकी कनेक्टेड कार फिचर्स, रियर एसी भेन्ट्स र की–लेस एन्ट्री एन्ड गो जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाका लागि सो क्रसओभरमा ६ वटा एयर ब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।

यसैगरी सुजुकी जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यसमा हलोजन प्रोजेक्टर हेडल्याम्प, ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, ६ वटा एयर ब्याग, इएसपी र हिल होल्ड असिस्ट लगायत बिभिन्न फिचर पाउन सकिन्छ । भारतीय रिसर्च एजेन्सी एआरएआई अनुसार जिम्नीले प्रतिलिटर १६.३९ किलोमिटर माइलेज दिने क्षमता राख्दछ ।
सुजुकीका दुई बहुप्रतीक्षित मोडल फ्रोङ्क्स र जिम्नी लहान बजारमा सार्वजनिक भए संगै गाडीका सौकिन उपभोक्ताहरु हर्षित हुँदै जी.बि.एस ट्रेडिंग एण्ड कम्पनी प्रालिमा टेस्ट ड्राइभ गरि बुकिङ्ग गरिरहेका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.