शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उदयपुरमा टिफर दुर्घटना, सह-चालकको मृत्यु
चैत्र २१, २०७४ | सरगम खबर समाचारदाता

उदययपुर, चैत्र २१ गते।

उदयपुरको उदयपुरगढी गाउँपालिका-६ मौवासिदेवान स्थित गाईघाट-कटारी सडकमा मंगलबार टिफर दुर्घटना हुँदा सह-चालकको ज्यान गएको छ।नेपालटारबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख १८६० नम्बरको ढुंगा बोकेको टिफर बेलुका ८ बेजतिर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो। दुर्घटनमा टिफरका सह-चालक त्रियुगा नगरपालिका-४ बगाहा बस्ने २२ बर्षिय सुबोध परियार गम्भिर घाइते भएका थिए।उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिफरका चालक भने फरार छन, उनको खोजी भइरेहको छ।

यस्तै खोटाङको हलेशी-तुवाचुङ नगरपालिका-५ राबुमा ना ४ त २९९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्याक्टरका चालक हलेशी-तुवाचुङ नगरपालिका-७ बस्ने २२ बर्षिय राजन परियार, ट्याक्टरका मालिक ४० बर्षिय महेश परियार र सह-चालक सोही ठाउँका १९ बर्षिय नबिन परियार घाइते भएका छन्।घाइते तीनै जानको घुर्मीमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.