शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पीडित साहु संघर्ष समितिद्वारा लाहानमा विरोध
जेठ १५, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० जेठ १५ - 
पीडित साहु संघर्ष समिति सिराहाले सरकारद्वारा ल्याइएको अध्यादेशको विरुद्धमा लाहानमा प्रदर्शन गरेका छन् । आईतवार दिउँसो ३ बजे आयोजित उक्त कार्यक्रममा साहु समूहले सरकारको कदमको चर्को आलोचना गरेको छ । लाहान स्थित रौनियार सेवा सदनमा आयोजित विरोध कार्यक्रममा बोल्दै राम सेवक यादवले भने 'मिटर ब्याजलाई गलत हिसाबले परिभाषित गरिएको छ । ऋण नतिर्ने मनसायका केही ब्यक्तिले सिङ्गो  समाजलाई नै अन्धकार तिर धकल्ने प्रयास गरेको छ ।' खाएको ऋण नतिर्ने मनसाय बोकेका व्यक्तिहरूले आतंक फैलाएको उनको आरोप रहेको छ।

अर्का वक्ता हरिनारायण यादवको अनुसार ऋणीहरूले  साहुहरूलाई मिटरब्याजी भनी प्रहरी प्रशासनमा उजुरी दिई विभिन्न किसिमको धाक, धम्की दिने काम भईरहेको छ । यस्तो काम निन्दनीय छ ।'संघर्ष समितिले नगर परिक्रमा गर्दै  मिटरब्याजको नाममा भइरहेको आतंक बन्द गर , मिटरब्याज सम्बन्धि उजुरी बिना प्रमाण दर्ता नगर, प्रहरी प्रशासनको दमन बन्द गर , जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीहरू सम्बन्धित स्थानीय तहमा छलफलको लागि पेश गर, लगानी भएको कर्जाको नियमपूर्वक साँवा र ब्याज उपलब्ध गराउ, लेनदेन व्यवहारलाई मर्यादित र सहज बनाउ लगायतका माग  गर्दै नाराबाजी गरेका छन् ।  गाउँ–घरमा तत्काल आवश्यक पर्दा लगानी गर्ने वातावरण नरहेको प्रमुख अतिथि धनेश्वर यादवले गुनासो गरे।  अध्यक्ष यादवले अब मर्दा पर्दा, विवाह लगायत प्रयोजनकालागि छिमेकीलाई नै पैसा जरुरी भयो भने पनि दिने अवस्था नरहेको बताए। कार्यक्रम दिलिप चौधरीको अध्यक्षतामा रहेको थियो भने प्रमुख अतिथि संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादव रहेका थिए । कार्यक्रममा जिल्लाभरीका दर्जनौं साहुहरुको उपस्तिथि रहेको थियो।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.