शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्राकस्टार ट्राक्टरको ७ दिने रोड शो र्याली सुरु
बैशाख २८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २८ - 
सिरहाको लहान बाट विहिबार देखि ट्राकस्टार ट्राक्टरले ७ दिने रोड शो सुरु गरेका छन्। महेन्द्रा गुजरात ट्राक्टर लिमिटेडको नौलो प्रस्तुति ग्रोम्याक्स एग्री एक्युप्मेंट लिमिटेड द्वारा भारतमा निर्मित ट्राकस्टार ट्राक्टरको सगरमाथा अन्चलका अधिकृत विक्रेता शास्वत अटो ट्रेडिंगका प्रोप्राइटर पल्ट रायको अध्यक्षता तथा ट्राकस्टार ट्राक्टरको सिनियर सेल्स एक्जुकिटिभ पप्पु शर्माको प्रमुख आतिथ्यमा शुरु गरिएको उक्त रोड शोमा ट्राकस्टार ट्राक्टर सहितको र्याली ७ दिन सम्म सगरमाथा अंचलको प्रमुख शहरहरु गाईघाट , राजविराज , भारदह , कंचनपुर ,मिर्चैया ,गोलबजार , मिर्चैया ,लालबन्दी ,सिरहा माडर , कटारी लगायतका बजारहरुमा पुगी उक्त भेगका किसान र सर्वसाधारणहरु लाई ट्राकस्टारको विशेषताहरुका बारेमा जानकारी गराउने  सिनियर सेल्स एक्जुकिटिभ पप्पु शर्माले बताए। किसानहरुको पहिलो रोजाइमा पर्न सफल ट्राकस्टार ट्राक्टर लाई अरु ट्राक्टरको तुलनामा लामो अन्तराल पछि सर्भिसिंग गराउनु पर्ने , मेन्टेनेन्स खर्च कम लाग्ने , हाई टर्क बाला शक्तिशाली फियुल एफ़िसिएनट इन्जिन भएको , राम्रो गियर रेसियो भएको हुनाले कृषि कार्य गर्न अति उत्तम ,बढी पिटियो पावर डाईफम कल्च भएको , एडभान्स र दमदार हैड्रोलिक हेवी लिफ्टिंग क्षमता भएको , पावरफुल हैड्रोलिक पम्प भएकोले काम छिट्टो र छरितो हुने ,तेलमा डुबेको डिसब्रेक , कम मेन्टेनेन्स लामो आयु भएको , स्टाइलिस डिजाइन , आरामदायिक सिट , फ़ाइनेन्स सुविधा , ३१ एचपी देखि ५० एचपी र ५५ एचपी देखि ७५ एचपी सम्म २ हुविल र ४ हुविल मोडलमा उपलब्ध रहेको शर्माले बताए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.