शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला उधोग वाणिज्य संघ लहान सिरहाको पद स्थापन समारोह सम्पन्न
कार्तिक १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक १३ - 
जिल्ला उधोग वाणिज्य संघ लहान सिरहाको नयाँ कार्य समिति २०७५ का नव निर्वाचित पदाधिकारीहरुको पद स्थापन ,प्रमाण पत्र वितरण तथा गोप्यनियता समारोह सम्पन्न भएको छ। जिल्ला उधोग बाणिज्य संघ लहान सिरहाका निवर्तमान अध्यक्ष सुनिल कुमार महतोको अध्यक्षता प्रदेश नं. २ का आर्थिक तथा योजना मन्त्रि विजय कुमार यादवको प्रमुख आतिथ्य तथा प्रतिनिधि सभा सदस्य सरिता गिरि, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका , प्रदेश सभा सदस्य लगन लाल चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त समारोहमा जिल्ला उधोग बाणिज्य संघ लहान सिरहाका पुर्व अध्यक्ष पवन कुमार मुन्धडा,प्रदेश सभा सदस्य अशोक यादव, पुर्व मन्त्रि राज लाल यादव , पुर्व राज्यमन्त्री शत्रुधन महतो कोइरी,रेडक्रस सिरहा प्रमुख राज देव यादव, गोलबजार नगरपालिका प्रवक्ता उमेश कुमार बराल, ठाडी भन्सार कार्यलय प्रमुख उमेश भट्टराई,धनगडीमाई नगरपालिका उपाध्यक्ष फुल कुमारी श्रेष्ठ,प्याव्सन प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साह , इलाका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापा,सप्तरी उधोग वाणिज्य संघ अध्यक्ष अरुण कुमार प्रधान,सिरहा उधोग वाणिज्य संघ अध्यक्ष प्रमोद कुमार पोदार, लहान उधोग वाणिज्य संघ मतदान अधिकृत परशुराम निरौला, लहान सुनचांदी व्यवसाई संघ संस्थापक अध्यक्ष मानिस सारडा, जिल्ला पत्रकार महासंघ सिरहा सभापति दिनेश्वर गुप्ता, ल्यान्स क्लव अफ सिटिका पुर्व अध्यक्ष चक्रपाणि दाहाल , जेएस मुरारका वहुमुखी क्याम्पस प्रमुख तुलसी राम पोख्रेल,नेपालि कांग्रेस जिल्ला सदस्य महेश चौधरी,संघीय समाजवादी फोरम लहान नगर अध्यक्ष दिनेश महतो लगायत विभिन्न संघ -संस्थानका प्रमुख , प्रतिनिधि, व्यापारी, संचारकर्मी , राजनीतिकदलका प्रतिनिधिहरुले निर्वाचित सम्पूर्ण पदाधिकारीहरु लाई सफल कार्यकालको सुभकामना सहित सल्लाह सुझाव सहितको मन्तव्य राख्नु भएको थियो।

समारोहमा २०७५ असोज २२ गते सम्पन्न जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरु क्रमश : अशोक लाल अमात्य,दिपक नायक ,परमेश्वर साह,अब्दुल करिम ,विकास सारडा,सरोज महतो,प्रदिप कुमार गुप्ता,नागेश्वर चौधरी,राम उदगार महतो,रामभजन साह,चन्देश्वर यादव,रन्जित चिरानिया,रविन्द्र चौधरी,रिता देवी यादव र शुशिला कुमारी महतो लाई प्रमुख अतिथि आर्थिक तथा योजना मन्त्रि विजय कुमार यादव को हात बाट प्रमाण पत्र प्रदान गरिएको थियो। भने निवर्तमान अध्यक्ष सुनिल कुमार महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो।
प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले ‘केन्द्र सरकारका कारण सङ्घीयता नै खतरामा’ रहेको बताउनु भएको छ। प्रदेश सरकारले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार को बजेट ल्याएको छ । बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न विधेयक ल्याइरहेको छ । हामीले प्रदेश २ का लागि बजेट विनियोजन गरेका छौँ । बजेट कार्यान्वयनका लागि मुख्य अङ्ग कर्मचारी हुन् । प्रदेश २ मा २२ सय कर्मचारीको आवश्यकता छ । हामीले सङ्घीय सरकारले कर्मचारी पठाइदिनुपर्यो या करारमा कर्मचारी नियुक्ति गर्न नीति बनाउन दिनुपर्यो भनेर संसदमै भनेका थियौँ । सम्बन्धित मन्त्रालयका विज्ञ कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा न पठाउदा काम गराउनमा समस्या भइरहेको बताए।

संवैधानिक प्रावधानअनुसार हामीले प्रहरी ऐन ल्याएका छौं । त्यसलाई पनि केन्द्रले विरोध गरिरहेको छ । आफू पनि नगर्ने र प्रदेशलाई पनि गर्न नदिने हो भने प्रदेशको काम कसरी अगाडि बढ्छ ? प्रदेश सरकार काम गर्न आतुर छ तर सङ्घीय सरकार आफैमा अल्झेको छ । अगाडि बढिरहेको छैन । यस्तै रवैया रहने हो भने यसले सङ्घीयतामाथि नै असर पार्छ । त्यसको जिम्मेवारी सङ्घीय सरकारले लिनुपर्छ । सबभन्दा बढी विधेयक प्रदेश २ ले पास गरेको छ । सङ्घीयताका लागि सबभन्दा बढी बलिदानी दिएको प्रदेश २ नै हो । सबैभन्दा बढी शोषित, पीडित यसै प्रदेशमा छन् । प्रदेश २ मा व्यापारी उधोगीहरुको मुख्य समस्या उर्जा रहेको हुनाले यस क्षेत्रमा उधोगहरु स्थापना हुन् सकेको छैन यस समस्याको समाधानका लागि प्रदेश २ सरकार लागि परेको छ। चाडै यस क्षेत्रमा उर्जाको समस्या समाधान हुने प्रतिवध्ता व्यक्त गर्दै उधोगपति पशुपति मुरारका लाई यस प्रदेशमा उधोग संचालन गर्न पूर्ण सहयोग गर्ने प्रतिवध्ता समेत जनाउनु भएको छ।

कार्यक्रमा उपस्थित प्रमुख अतिथि , विशिष्ट अतिथि , अतिथिहरु लगायत संचारकर्मीहरु लाई निवर्तमान अध्यक्ष सुनिल कुमार महतोले मायाको चिनो सहित सम्मान गर्नु भएको थियो। कार्यक्रमको संचालन संचारकर्मी अनुपम झाले गर्नु भएको थियो।

यसै बीच जिल्ला उधोग बाणिज्य संघ लहान सिराहा कार्यसमितिले हिजो नै पहिलो बैठक बाट मनोनयन सदस्यमा बैधनाथ साह ( साने ) लाई चयन गर्दै अध्यक्ष अशोक लाल अमात्यले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्। भने कार्यसमितिको सल्लाहकारमा पुर्व अध्यक्षहरु पवन मुन्धडा , निरस चौधरी र अशोक अग्रवाल लाई चयन गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.