शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा मेगा बैंकको उद्घाटन सम्पन्न
माघ २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २० - 
सिरहाको लहानमा मेगा बैंक नेपाल लिमिटेड लहान शाखाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।मेगा बैंकको १०२ औ शाखाको रुपमा लहान शाखा लाई एक कार्यक्रमका बीच लहान नगरपालिकाका नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यमा उहाको हात बाट रिवन काटेर उद्घाटन गरिएको छ। लहान शाखाका प्रवन्धक ( ब्रान्च म्यानेजर ) अमरेन्द्र साहको अध्यक्षता तथा नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा मेगा बैंकका क्षेत्रीय प्रवन्धक यसपाल तिब्रेबाल , उधोग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोक लाल अमात्य,पुर्व अध्यक्ष तथा व्यवसायी पवन मुन्ध्दा,  लहान ५ का वडा अध्यक्ष सुलेमान अन्सारी,वडा ६ का अध्यक्ष अरुण केसी,व्यवसायी रमेश मुरारका , विकाश सारडा लगायत विभिन्न संघ-संस्था बाट आएका प्रमुख तथा प्रतिनिधि , संचारकर्मी,व्यवसायी,नागरिक समाजको उपस्थिति रहेको थियो।

नेपालमा २०६७ सालमा "क" वर्गको २८ औ बैंकको रुपमा स्थापित हुदै मेगा बैंकको सात वटै प्रदेशमा ५ लाख ५० हजार भन्दा बढी ग्राहकवर्ग रहेको यस बैंकको ३ हजार भन्दा बढी संस्थापक सेयर धनि, २ लाख भन्दा बढी साधारण सेयरधनिहरुको सहभागिता रहेको लहान शाखाका  प्रवन्धक अमरेन्द्र साहले जानकारी दिएका छन्।नेपालकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीका अनुसार आर्थिक वर्ष २०७४-७५ मा मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ। स्थापनाको नवौँ बर्षमा आइपुग्दा छोटो अवधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो। गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको छ।

शाखा प्रवन्धक साहका अनुसार २०७५ जेष्ठ १० गते बाटनै लहान बजारमा संचालनमा आएको भएपनि मेगा बैंक लिमिटेडको विधिवत रुपमा माघ २० गते उद्घाटन गरिएको बताए। जेष्ठ देखि अहिलेसम्म लहान शाखा बाट १ हजार ५ सय ग्राहकहरु लाई सेवा सुविधा दिदै १० करोड निक्षेप संकलन गरेको छ , भने १२ करोड भन्दा बढी कर्जा प्रवाह गर्न सफल भएका छन्। स्थापनाको नवौँ बर्षमा मेगा बैंकको शाखा संख्या १०२ पुगेको छ। गत आर्थिक वर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो। यसैगरी, देशभर मेगा बैंकका १९ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार ४ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ८५ वटा एटीएम छन्। यहाँहरुको विश्वाश जित्दै,,मेगा बैंक अघि बढ्दै मूल नारा सहित जनमानसको मनमा बस्न सफल मेगा बैंकले अझ बढी जिम्मेवारी सहित विश्वाशिलो र सुरक्षित आफु र आफ्नो परिवारको बिमा,विश्वाशिलो र सुरक्षित सवारी बिमा,विश्वाशिलो र सुरक्षित घर बिमा, विश्वाशिलो र सुरक्षित स्वास्थ्य बिमा,विश्वाशिलो र सुरक्षित विदेश यात्रा बिमा संगै मेगा इन्स्योरेन्स प्रिमियम फ़ाइनान्सिङ्ग ( IPF ) सुविधा अन्तर्गत सुरक्षाको लागि रु। २० हजार देखि रु। ५ लाख सम्मको इन्स्योरेन्स प्रिमियम बैंकले सिधै इन्स्योरेन्स कम्पनीमा भुक्तानी गरे सुविधा , IPF मार्फत इन्स्योरेन्स पोलिसी खरिद गरेमा फ़ाइनान्सिङ्ग सुविधाका साथै नि :  IPF प्रक्रिया,नि :शुल्क बैंककिङ्ग सुविधा, क्रेडिट कार्ड सुविधामा ५०% छुट, मेगा कोर्प्रेट बेनिफिट सेविङ्ग खाता अन्तर्गत संस्थाको कर्मचारीहरु का लागि आकर्षक ७ % व्याजदरका साथ् न्युनतम मौजदात रु,१ हजारमा त्रेमासिक ब्याज भुक्तानी,५० हजार सम्मको स्वास्थ्य बिमाको व्यवस्था, ३ लाख सम्मको दुर्घटना बिमा,घर तथा गाडी प्रवाहमा २५% छुट इन्टरनेशनल ट्राभल कार्ड , भिसा क्रेडिट कार्डमा ५० % छुटका साथै अन्य नि:शुल्क सेवाहरुमा भिसा डेविड कार्ड,अनलाइन बैंकिंग ,ABBS २ लाख सम्म, मोबाइल बैंकिंग ,C -ASBA सुबिधा,चेकबुक , एकाउन्ट स्टेटमेन्ट लगायत थुप्रै सेवा सुविधाहरु उपलब्ध रहेको छ।  

मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन भएका थिए । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् । 

यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् । मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको जनाएको छ । ‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेका छौँ ।वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध छ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ ।’

कार्यक्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मुनि साहले भन्नु भयो ; लहान नगरपालिका भित्र ( क ) र ( ख ) वर्गको बैंक आगमनले आर्थिक कारोबारमा विर्द्धिभएको महसुस गरेको छु। लहान नगरपालिकालाई आर्थिक रुपले मजबुत बनाउन मेगा बैंकले महत्वपूर्ण योगदान पुर्याउने विश्वाश व्यक्त गर्दै कृषि क्षेत्रलाई धेरै बैंकहरुले छायामा राखेको गुनासो आइरहेको हुँदा यस मेगा बैंकले कृषि क्षेत्रलाई अगाडी बढाउन अग्रगामी भूमिका खेल्ने विश्वाश व्यक्त गर्नु भएकोछ। कार्यक्रममा स्वागत मन्तव्य बैंकका ऋण अधिकृत  दिपक पराजुलीले राख्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.