शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन
फाल्गुन २१, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन २१ - 
८३ औ महाशिवरात्री पर्वको शुभ अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले लहानमा सोमबार बिभिन्न कार्यक्रम गरि महाशिबरात्री मनाएका छन्। ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लहानले आयोजना गरेको शान्ति यात्रा लहानको विभिन्न भागको परिक्रमा गरि ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानमा पुगी सम्पन्न भएको थियो। त्यस्तै शिवरात्रीको अवसरमा दिउसो १ बजे देखि  शिव झण्डोत्तोलन, शिबलिंग पुजन, शान्ति र समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृती तथा आध्यात्मिक बिषयबस्तु माथि प्रवचनको आयोजना समेत गरिएको ब्रहमाकुमार बबिन बस्नेतले जानकारी दिएका छन्।

जनकपुर जोन इन्चार्ज ब्रहमाकुमारी सिर्जना दिदिको अध्यक्षता तथा  प्रदेश २ सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न 
प्रवचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
त्यस्तै विशिष्ट अतिथि न्यायधिस विरेन्द्र लाल कर्ण लगायत कार्यक्रममा उपस्थित जनप्रतिनिधि,समाजसेवी, वुद्धिजीवि , राजनीति दलका प्रतिनिधि लगायतले महाशिबरात्रीको वारेमा चर्चा गरेका थिए ।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लहानका संचालिका ब्र्हमाकुमारी नारायणी दिदिले शिबरात्रीको महत्व माथि प्रकाश पारेकी थिइन् ।
ब्रहमाकुमार बबिन बस्नेतले संचालन गरेको कार्यक्रममा सिरहा जिल्लाका सम्पुर्ण ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका सैयौ सदस्यहरूको सहभागीता रहेको थियो। ८३ औ  महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले १४ वटा जिल्लामा जिल्लाको विभिन्न ठाँउमा एक महिने शान्ती ¥याली, शिव झण्डात्तोलन र प्रवचनको समेत आयोजना गर्ने आयोजकले जानकारी दिएका छन्।कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथी लगायत सम्पूर्ण अतिथिहरुलाई जनकपुर जोन इन्चार्ज ब्रहमाकुमारी सिर्जना दिदिले टिका सहित मायाको चिनोले सम्मान गर्नु भएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.