शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
होटल दरबार लाई २ तारे होटलको प्रमाण -पत्र
बैशाख १०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख ९ - सिरहाको लहानमा अवस्थित होटल दरबार प्रालि लाई २ तारे होटलको रुपमा प्रमाण -पत्र प्रदान गरिएको छ । २०७३ बैशाख १७ गते देखि करिब ९ कट्ठा क्षेत्रफल, विरेन्द्र साह र डाक्टर श्री कृष्णा यादवको ४ करोड ५० लाखको लगानीमा संचालित होटल दरबारले विगत २ वर्ष देखि यस क्षेत्रमा आफ्नो उच्च स्तरीय सेवा सुविधाले सबैको मन जितन सफल होटल दरबार लाई नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, सप्तरी बाट खाद्य निरिक्षक सुरेश कुमार सिंह लगायत लाहान नगरपालिका नगर प्रमुख मुनि साह , इलाका प्रशासन कार्यलय लहानका प्रमुख शोम प्रसाद भट्टराई , लहान घरेलु कार्यलयका प्रमुख , हाेटल व्यावसायिक संघका अध्यक्ष संजय साह र अन्य बुद्धिजीवीको संयुक्त टोलीले अनुगमन गर्दै होटलको गुणस्तरीयता,मापदण्ड,शुद्धता,र स्व्क्षताको आधारमा हाेटल दरबार लाई खाद्य स्वच्छता स्तर वर्ग (ख) मा चयन गर्दै दुई तारे लाेगाे र प्रमाणपत्र प्रदान गरेको होटलका प्रबन्धक याम विश्वकर्माले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवन्धक विश्वकर्माले होटल लाई यहा सम्म पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु लाई धन्यवाद ज्ञापन गर्दै होटलमा २ सय सिटर रेस्टुरेन्ट,अन्तराष्टिय स्तरको स्विंगपुल,स्विंग सिकाउने प्रशिक्षक,५ वटा डिलक्स रुम,२ वटा सुपर डिलक्स रुम, स्टेनडर रुम १२ वटा, २ वटा नन एसी रुम गरि २१ वटा रुम रहेको जानकारी गराउदै खानाका परिकारहरुमा नेपाली,इन्डियन ,चाइनिज,तन्दुरी,म्यक्सिकन,इटालियन,थाई, मिथिला सेट खाना लगायत ग्राहक वर्गको अडर अनुसार विभिन्न परिकारहरु पनि उपलव्ध गराउदै आइरहेको समेत प्रवन्धक विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो। हाल अहिले होटल दरबारमा ४० जना कर्मचारीहरु कार्यरत रहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.