शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
घरमै बसेर शबे बरात पर्व मनाउन अपील
चैत्र २५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २५ - 
मुस्लिम समुदायले बिहिवार परेको शबे बरात पर्व घरमै मनाउने भएका छन् । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गर्दै मस्जिद र कर्बस्तानमा नगई घरमै बसेर इबादत (उपासना) गर्न अपील गरे संगै लहान लगायतका क्षेत्रमा पनि घरमै बसेर पर्व मनाउने भएका छन् । कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउन कार्यान्वयनमा सहयोगी बन्दै मुस्लिम समुदायले यस्तो निर्णयमा पुगेको युथ मुस्लिम वेल्फेयर सोसाइटिका अध्यक्ष इसराइल सिद्दिकिले जानकारी दिनुभयो ।
मङ्गलवार सामाजिक दुरी कायम गर्दै बसेको सानो बैठकमा लहानका मुस्लिम अगुवाहरु अब्दुल करिम, मो. मक्बुल, मो. नियमुदिन्, फिरोज सिद्दिकि, मो. मुस्तकिम, मो. मुन्ना, मो. नयिम, मो. इसाक, मो. आबिद, इसराइल सिद्दिकि लगाायतकाहरुले लक डाउनको पल्ना गर्दै आ-आफ्नै घरमा पर्व मनाउने निर्णय गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.