शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धनगडीमाई नगरपालिका द्वारा राहत वितरण शुरु, पीडितले राहत नपाएको
चैत्र ३०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत ३० - 
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो १९ दिनदेखि जारी लकडाउनको कारण अप्ठ्यारोमा परेका   अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई धनगडीमाई नगरपालिकाले शनिबार देखि राहत वितरण शुरु गरेको छ। धनगडीमाई नगरपालिकाले प्रदेश सरकारको १५ लाख,नगरपालिकाको ४८ लाख र नगरपालिकाले स्थापना गरेको राहत कोषमा बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको आर्थिक सहयोग १ लाख ६८ हजार ९३२ रुपैया, माँ सखडा भगवती कन्ट्रक्सन धनगडीको १ लाख ५ हजार र दलित जन कल्याण युवा क्लव सिरहाको १ लाख आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका १४ वटै वडाका ३ हजार भन्दा बढी विपन्न परिवारलाई शनिबार बाट राहत वितरण शुरु गरिएको हो। धनगडीमाई नगरपालिले नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसारको राहत प्याकेज प्याक गरि नगरप्रमुख (मेयर ) हरि नारायण चौधरीले सबै वडाका अध्यक्षहरु लाई जिम्मा लगाई शनिबार नगरपालिकाको ७ वटा वडामा राहत वितरण गरिएको र आइतबार बाँकी ७ वटा वडामा राहत वितरण गरिने जानकारी दिनुभयो।

नगरपालिकाको १४ वटै वडामा वडा कार्यलयको समन्वयमा प्रति परिवार चामल १५ केजी , दाल १ केजी,नुन १ केजी, खानेतेल १ लिटर , हात धुने साबुन २ वटा, मास्क २ वटा  प्रदान गरिएको नगर प्रमुख चौधरीले बताए। नगरपालिकाले वडा नं १ का २५०, वडा नं २ का १५७ , वडा नं ३ का ५१२ , वडा नं ४ का १९०,वडा नं ५  का १५० , वडा नं ६ का १९५ , वडा नं ७ का ११३ ,वडा नं ८ का १०५ का , वडा नं ९ का २२८ ,वडा नं १० का २८०,वडा नं ११ का ३१५ ,वडा नं १२ का २७७ ,वडा नं १३ का १४५ र वडा नं १४ का १०७ का गरि जम्मा ३ हजार २४ घर परिवार लाई राहत बितरण कार्यक्रम जारि रहेको बताए पनि हिजो गरिएका राहत वितरणमा वडा अध्यक्षको बदमासीका कारण वडा न १ बाखैरटोल लगायत अन्यटोल र वडाका वास्तविक पीडितले राहत पाउन नसकेको व्यापक जनगुनासो आइरहेका छन्। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.