शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सङ्क्रमण जोखिमले प्रदेश २ रेडजोनमा
बैशाख २३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २३ - 
सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो ।भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ पर्सा बारा रौतहट सर्लाही महोतरी धनुषा सिराहा र सप्तरी जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ । सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो । 

लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हुँदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश नं २ मा अहिलेसम्म कोरोना पोजेटिभको सङ्ख्या १३  पुगेको छ जसमा ३ भारतीय हुन्। ४ जना उपचारपछि घर फर्किसकेका छ्न । बाँकिको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको छ । हाल प्रदेश नं २ मा आइसोलेशनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेको जनाइएको छ । लकडाउनको अवहेलना गरी बाहिर निस्किने ७३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लकडाउनको पालना नगरेको ६ हजार ६७० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रदेश नं २ रेडजोनमा आएपछि लकडाउनलाई पूर्णरुपमा पालना गराउन कडाइ गरिनाका साथै सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.