शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा महापुराण हुँदै, समुद्घाटनका लागि प्रधानमन्त्री आउँदै
फाल्गुन ४, २०७३ | सरगम खबर समाचारदाता

लहान फागुन ४ । सिरहाको लहानमा यही फाल्गुन ८ गतेदेखि राधाकृष्ण मन्दिरको परिसरमा श्रीमदभागवत महापुराण ज्ञान सप्ताह महायज्ञ आयोजना हुँदैछ । महायज्ञको समुद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने आयोजक समितिले जानकारी गराएको हो । महापुराणमा वाचन प्रवीण दिनबन्धु पोखरेलको मुखारविन्दबाट धारा प्रवाह अमृतरुपी प्रवचन प्रस्तुत हुने प्रचार प्रसार समितिका संयोजक दिनेश्वर प्रसाद गुप्ताले बताए । उनका अनुसार साथमा ख्यातिप्राप्त कलाकारहरुद्वारा संगीतमय भजन किर्तन र सन्दर्भ अनुसार झाँकी पनि प्रदर्शन गरिने छ । विपन्न महिला छात्रावास तथा वृद्धाश्रमको सहयोगार्थका लागि यस महापुराणको आयोजना गर्न लागेको श्रीमद्भागवत महापुराण मुल आयोजक समितिको सह–संयोजक सुनिल महतोले बताए । उनले भने, ‘अहिले हाम्रो समाजमा महिलालाई राम्रो शिक्षा दिने न्युन परिवार रहेकोले पढ्ने इच्छा भएपनि महिलाहरु शिक्षाबाट वञ्चित हुँदै छन् । तसर्थ छात्रावास निर्माण भएपछि त्यस्ता महिलाहरुको पढने इच्छा पुरा हुने तथा महिलाको उच्च शिक्षामा पहुँच बढ्ने छ । सह–संयोजक महतोले महापुराणमा सम्पुर्ण जनसमुदायलाई सहभागी हुन आग्रह गरेका छन् ।   

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.