शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल नाई संघ लहानमा आवद्ध ३० जना लाई मस जोडीको
असाड १०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १० - 
नेपाल नाई संघ लहानमा आवद्ध ३० जना लाई मस जोडीले राहत सहयोग गरेका छ। सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको र लकडाउन भएदेखि नै करिब ३ महिना देखि नाईहरुले पूर्णरुपमा बन्द गरेका आ-आफ्ना सैलुनहरु अहिलेसम्म बन्द नै रहेकाले दैनिक मज़दूरी गरी खाने प्रभावित सैलुन संचालक तथा कपाल काटने ३० जना नाई श्रमिकहरुलाई समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यले राहत स्वरूप १० किलो चामल , आधि लिटर तेल र एक प्याकेट नुन उपलब्ध गराएका छ।  यसै बीच बन्दाबन्दीको समयमा नाई श्रमिकहरुले राज्यको तर्फबाट कुनै पनि राहत र सहयोग न पाएको अवस्थामा परिवारको खर्च जुटाउन धौ-धौ परिरहेको अवस्थामा मस जोडीले थोरै भए पनि राहत उपलब्ध गराएको हुँदा मस जोडी प्रति नेपाल नाई संघ लहानका नगर अध्यक्ष सुनिल कुमार ठाकुरले आभार प्रकट गर्दै मस जोडी लाई खादा ओढाई सम्मान गरेका थिए। 

यसै बीच मंगलबार प्रदेश सरकारले २४ घण्टाभित्र आफुहरुको माग सम्बोधन नगरे बाध्य भएर प्रदेशभरिका सैलुनहरु खोल्न बाध्य हुने नेपाल नाई संघले चेतावनी दिएको छ।विगत लामो समयदेखिको लकडाउनका कारण आफुहरुको व्यापार व्यवसाय चौपट भएको भन्दै सैलुन खोल्ने वातावरण मिलाइदिन उनीहरुले गत जेठ २७ गते नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत स्थानीय तहका मेयर तथा अध्यक्षहरु लाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि सरकारले आफुहरुको पीडालाई नबुझेकोले बाध्य भएर सैलुन खोल्न लागेको नेपाल नाई संघ प्रदेश २ का अध्यक्ष चन्देश्वर ठाकुरले बताए ।ठाकुरका अनुसार कोरोना महामारीका कारण प्रदेशभरिका ३ हजार नाई श्रमिकहरुको व्यवसाय धरापमा परेको र उनीहरुलाई आफ्नो परिवारको खर्च जुटाउन समेत धौ-धौ परिरहेको दुखेसो पोखेका छन। उनले आफुहरुलाई लकडाउन अवधिभरको कोठा भाडा र पसल भाडा छुटको व्यवस्था हुनुपर्ने,बैंक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकहरुको ऋणको ब्याज मिनहा हुनुपर्ने,नाई श्रमिकहरुलाई राहतको व्यवस्था हुनुपर्ने लगायतका माग गरेका छन् ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.