शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको नवराजपुर गाउँपालिकामा सुचना दिन अटेरी
असाड २८, २०७७ | सरगम खबर समाचारदाता

जयनाथ यादव सिरहा २०७७ असार २८ - 
सिरहाको नवराजपुर गाउंपालिका अन्तर्गत वडा नं.१ मा भएको खाध्यान राहात वितरण र ०७६/०७७को आर्थिक बर्षमा चलिरहेको  विकास योजनाको नाम,लागत ईष्टिमेट र उपभोक्ता समिती  गठंन भएको बैठकको प्रमाणित प्रतिलिपि निवेदनको साथ माग्दा हाकिमले सुचना दिन अटेरी गरेको छ ।नेपाको संविधानको धारा २७ तथा सुचना को हक सम्बन्धि ऐन ,२०६४ को दफा ३ र ७ ले आम नागरिक लाई सुचनाको हक दिएपनि नवराजपुर गाउपालिकाको कार्यालयले प्रष्टाचार गरेको कालो कर्तुतको जनता सम्क्ष पर्दाफास हुने डरले आम नागरिक लाई सुचना तथा जानकारी बाट बञ्चितनै गरेको छ।

निवेदन कर्ता ओपेन्द्र यादवको अनुसार २०७७ अंसार २३ गते एउटै निवेदनमा १७ जनाले हस्ताक्षर सहित सुचना तथा जानकारीको प्रमाणित प्रतिलिपि पाऊं भने निवेदन साथ गाउंपालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृत अमरेन्द्र कुसियैत सम्क्ष पुग्दा निवेदन दर्ता गरनै आल टाल र विभिन्ना बहाना गरयो  तर हामी निवेदन कर्ताहरु दर्ता गरनै पर्छ अडानमा रहे अन्तिमा निवेदन दर्ता गरयो दर्ता नं.१३७३ भयो ।  हाकिमले भन्यो एक छिन बस्नु बस्दा बस्दै १,२ घण्टा बित्यो तर केहि जानकारी नै आएन त्यसपछि हामीले हाकिमलाई सोध्यो हाकिमले भन्यो भोली आउनुस तपाईको माग अनुसारको कागज तयार हुन्छ समय दियो ।

त्यसपछि हामीले २६ गते गाउंपालिकको कार्यालयमा गयो र हाकिम संग मागेको सुचना तथा जानकारीको प्रमाणित प्रतिलिपि मागेपछी वडा कार्यालय मा जान्नु उतै बाट लिनु हामीले दिन मिल्दैन भन्यो हामी भने के कारण दिनं मिल्दैन लिखित जानकारी दिनु र हामीले दर्ता गराएको निवेदनको फोटोकपी समेत उपलब्ध गराई दिनु। नहामी लाई लिखित जानकारी दियो न त दर्ता गराईएको निवेदन को फोटोकपी सुचना तथा जानकारी नदिने बहाना मात्र दिन बाट पन्छिने र  आल टाल मात्र गरयो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.