शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एन आई सी एशिया बैंकको सुपर चमत्कारिक योजना
साउन ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन ३ - 
एन आई सी बैकले आफ्ना विभिन्न योजनाका बारेमा जानकारी गराएको छ । ८ दशमलव २५ प्रतिशत व्याजदरमा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा एन आई सी एशिया बैंकको घर,सवारी र व्यवसाय कर्जाको आकर्षक योजनाका रहेको बैंकका उप-प्रादेशिक कार्यलय लहानका प्रमुख जितेन्द्र कुमार साहले जनाएको छ । “बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि ” भन्ने नाराका साथ लाखौं ग्राहाको मन जित्न सफल बैंकले ग्रहाकका निम्ति अतुलनिय र असीमित सुविधाहरुले भरिपुर्ण नयाँ योजनाहरु अन्तरग सुपर चमत्मारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाका योजना बारे उप-प्रादेशिक कार्यलय लहानका प्रमुख जितेन्द्र कुमार साहले सरगम खबर लाई जानकारी दिनुभयो। सुपर चमत्कारी घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण ,घर निर्माण गर्नका लागी जग्गा खरिद सुविधा  चाहनुहुने ग्रहाक महानुभावहरुले लाभलिन सक्नु हुने छ । न्युनतम ५ वर्ष देखी अधिकतम ३० वर्ष समयावधी रहने जनाइएको छ ।

कर्जा लिन चाहनुहुने ग्राहाक लाई १ करोड ५० लाखसम्म कर्जा सिमा कायम गरिएको छ र लिएको कर्जाको व्याज एक वर्ष सम्म घटबड नहुने साहले बताउनु भयो।  जनमानसले गरेको प्रगाढ विश्वास अगाध स्नेह र बैंक प्रतिको भरोसाका कारण मुलुकभर ३२६ शाखा कार्यलय, ४६४ एटिएम, १०१ बटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखा तथा २१ लाख भन्दा बढी ग्रहाक रहेको बैकले मुलुकभरकै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैक हो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.