शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
घरमै नमाज पढेर ईद-उल-अजहा मनाउन मुस्लिम आयोगको आग्रह
साउन १६, २०७७ | फिरोज शेख

काठमाडौं २०७७ साउन १६ - 
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ ।आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।यद्यपि इद उल अज्हाको नमाज मस्जिदमा पाँच जनासम्मले पढ्न पाउने अन्सारीले जनाएका छन् । कोभिड–१९ रहँदासम्म सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन पनि अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.