शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
साउन ३०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन ३० - 
सिरहामा कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। सिरहाको विष्णुपुर गाउँपालिका वार्ड नं. १ गौरिपुर बस्ने ४० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको कोशी अस्पतालले जनाएको छ। मृत्क टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वास सम्बन्धी बिरामी भई बुधबार राति २ बजे बिराटनगर कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएको र उनको उपचारको क्रममा बिहीबार साँझ ७ बजेतिर मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो। मृत्क लाई अस्पताल भर्ना गर्ने क्रममा लिइएको स्वाबको रिपोर्ट मृत्यु पछि कोरोना पोजिटिभ आएको डा. यादवले बताए।यसअघि कोशी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका १ जना छन् । कोशी अस्पतालमा विहिबार दिउँसो मृत्यु भएका विराटनगर १५ का एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मृत्क पुरुष संगै  सिरहामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २ पुगेको छ। यस अघि गोलबजार नगरपालिका–१२ का २३ वर्षीय एक पुरुषको कोरोनाका कारण उपचारको क्रममा मृत्यु भईसकेको छ।  यसै बीच विहिबार सिरहाका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा ईलाका प्रहरी कार्यलय लहानका दुई जना थुनुवा संगै सुखिपुर नगरपालिकाका एक जना पुरुष रहेको सम्बन्धित निकायले जनाएको छ। यस अघि बुधबार पनि ईलाका प्रहरी कार्यलय लहानका चार जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित सबैको धनगडीमाई नगरपालिका स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसन राखी उपचार भइरहेको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.