शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा थप दुई जना काेराेना सन्क्रमितकाे मृत्यु
भाद्र १८, २०७७ | फिरोज शेख

शुभ नारायण यादव सप्तरी, १८ भदौ । 
सप्तरीमा विहिबार थप दुई जना काेराेना सन्क्रमितकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजगढ गाउपालिका वडा न. ६  का एक ६५ बषिृय पुरुष तथा  राजविराज नगरपालिका वडा न. ७ निवासि अन्दाजि ५५ बषिृय एक पुरुष रहेकाे जिल्ला स्वास्थ्य कायाृलय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयाे । उहाका अनुसार ती दुवै जनाकाे धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।उनिहरु विगत केही दिन देखि ज्वराे अाएपछि तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार सम्भव हुन नसकेपछि थप उपचारकाे लागि धरान पठाएको तथा धरानमे दुवे जनाकाे मृत्यु भएको प्रमुख यादवले जानकारि दिनुभयाे ।ज्वरो र श्‍वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुअघि राजगढ गाउँपालिकाका ती पुरुषको राजविराजमा स्वाब लिइएको थियो । उपचारका क्रममा उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयाे। राजगढ गाउपालिका वडा न. ६ का पुरुष राजविराजस्थित नेपाल टेलिकममा प्रशासन सहायक अधिकृतको रुपमा कार्यरत थिए ।

यस्तै केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराज ७ का ६५ वर्षीय पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेकोमा अाज मृत्यु भएको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयाे । स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार सप्तरीमा हालसम्म ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।भने सप्तरी  जिल्लामा अाजसम्म ८ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.