शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
देशमा भएको अस्थिरताले गर्दा निजी क्षेत्रले लगानीको दायरा बढाउन सकेन
फाल्गुन ७, २०७३ | सरगम खबर समाचारदाता

फागुन ७ भैरहवा – नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले देशमा भएको अस्थिरताले गर्दा निजी क्षेत्रले लगानीको दायरा बढाउन हिच्कीराईरहेको बताएका छन् । ईच्छुक बाह्य लगानीकर्ता पनि अनईच्छुक जस्तै देखिएकाले समयमै राजनितिक स्थिरता र आवश्यक निति निर्माण गरी निजी क्षेत्रलाई स्वच्छ व्यवसाय गर्न सबै लाग्नु पर्ने उनले बताए ।सिद्धार्थनगर उद्योग बाणिज्य संघको ५८ औं वार्षिक साधारण सभा तथा अधिबेशनको भैरहवामा उद्घाटन गर्दै माहसंघका अध्यक्ष मुरारकाले भने ‘हामी सबै निजी क्षेत्रले म्याद नाघेका, गुणस्तरहिन ,तौल कम भएको तथा कमसलका कच्चा पदार्थबाट उत्पादित सामाग्री बेच्न चाहान्नौ सरकारले बनाएको निति नियमले बेच्न बाध्य बनाएको छ ।’विभिन्न प्रकारका कर तथा असुलीले गर्दा व्यवसायीले यस्तो हर्कत गरेको उनले प्रष्ट्याए । त्यस्तै, उनले राजनितिक दलका नेताहरु सहमतिबाट अघी बढेर देशलाई आर्थीक सम्बृद्धीतर्फ लैजानु पर्नेमा जोड दिए ।

उनले अहिले भैरहेको उर्जा संकट, चन्दा आतंक र बिभिन्न बहानामा हुने बन्द हडताल उद्योगी व्यावसायीहरुको मुख्य समस्या रहेको भन्दै यसको स्थायी समाधानका लागि छिटटै उर्जा संकटबाट मुक्त हुने हिसाबले काम भइरहेको यसमा राज्य र राजनैतिक दल गंभिर भएर लाग्नु पर्ने समेत बताए । ‘व्यवसायीको लागि नाफा कमाउनु अपराध होइन, गैरकानुनी रुपले नाफा कमाउनु अपराध हो’– मुरारकाले भने ।यसैगरि सासंद आदित्यनारायण कसौधनले देशको आर्थिक समृद्धिका निम्ति सबै एक हुनु पर्ने बताए । देशको स्थीति गम्भिर छ, यसका लागि सहमति आवश्यक छ तर सहमति नै हुन नसकेको भन्दै व्यापारमा राजनिति नगर्न उनले आग्राह गरे ।

‘दुर्भाग्य भन्नुपर्छ ४१२ करोडको योजनामा रहेको ६ लेनको सडक, अन्तर्राष्ट्रिय विमानस्थल, सेजलगायतका योजना अझैसम्म निर्माणाधिन अवस्थामा नै छ, २७ महिना अघि उद्घाटन भएको सेजलाई सुचारु गर्न के कति कारणले रोकिएको हो’ उनले प्रश्न गरे । सरोकारवालाहरुसंग समिक्षा गरि कमि कमजोरीलाई समाधान गरी छिटै संचालन गर्नुपर्ने सुझाव समेत दिए ।रामकुमार शर्माको सभापत्तिवमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंह,महासंघका दिनेश श्रेष्ठ,शेखर गोलछा लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए । संघका महासचिव भिष्मप्रसाद न्यौपानेको संचालन तथा उपाध्यक्ष डा. शान्तकुमार शर्माको धन्यबादमा कार्यक्रम समपन्न भएको थियो । रातोपाटी

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.