शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मन्त्रि यादव द्वारा बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन
चैत्र १, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १ -
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका - ३ परिहारपुर चौकमा रहेको प्रधान कार्यलय जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार एक कार्यक्रमका बिच प्रदेश नं: २ को आर्थिक मामिला तथा योजना मंत्री विजय कुमार यादव द्वारा उद्घाटन गरिएको छ । सहकारीको उद्घाटन गर्दै मन्त्रि यादवले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले शेयर सदस्यहरुलाई व्यावसायिक बनाउनेतर्फ सहकारीको योजना केन्द्रित हुनुपर्ने बताउदै ‘सहकारी बचत गर्ने र ऋण लगानी गर्नेमा मात्र सीमित हुनुहुँदैन’, उनले भने, ‘प्रदेश सरकार सँग मिलेर आर्थिक विकासमा समेत काम गर्नु पर्ने र आर्थिक कारोबारको नाममा जनतालाई घरबारविहीन बनाउने सहकारीलाई  कारबाही गरिने बताए।

यता शुभकामना मन्तव्यको क्रममा पुर्व मन्त्रि राजलाल यादव,जसपाका केन्द्रिय सदस्य राकेश झा,भगवानपुर गाउँपालिका अध्यक्ष बेचन यादव  र जसपका जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ताले सहकारी ग्रामीण क्षेत्रका जनताको विश्वासिलो वित्तीय संस्थाका रुपमा विकास हुँदै गएको भन्दै यो गरिमालाई जोगाउन सहकारीले राम्रो काम गर्नुपर्ने बताए। उद्घाटनसँगै जनक बचत तथा ऋण सहकारी संस्थाले दुई जना जेष्ठ नागरिक र एक जना साहित्यकार नारायण मधुशाला लाई सम्मान गरेका छन्। २०७७ माघ २६ गते स्थापना भएको सो सहकारीले एक लाख १५ हजार ८ सय पुँजी बाट आफ्नो यात्रा शुरुवात् गरेको थियो ,तर अहिले १ सय ३६ शेयर सदस्य सहित कुल पुँजी ६० लाख रहेको र लहान भन्दा दक्षिण बजारका शेयर सदस्य र व्यवसायीहरुलाई लक्षित गरी सहकारीको स्थापना गरिएको अध्यक्ष कविता कुमारी यादवले बताइन।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादवले सहकारीका संस्थाका बारेमा जानकारी गराएका थिए,भने कार्यक्रम संचालन संचारकर्मी राम भरोशी महतोले गरेका थिए। कार्यक्रममा जसपका नेता तथा कार्यकर्ता लगायत स्थानीय ,संघ -संस्थाका प्रतिनिधि ,संचारकर्मी ,महिलाको बाक्लो उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.