शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महाशिवरात्रि देशभर धुमधामले मनाइँदै
फाल्गुन १३, २०७३ | फिरोज शेख

फिरोज शेख , लहान फागुन १३ । हिन्दुहरुको पवित्र  पर्व महाशिवरात्रि आराध्यदेव भगवान शिवको पूजा आराधना गरी सिरहा सहित देशभर मनाइँदैछ।आज विहानैदेखि सिरहाको सम्पूर्ण  शिवालयमा भगवान शिवको पूजा आराधना गर्दै मनाइँदै छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको शिवरात्रि पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण् जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीको पूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा उल्ल्लेख गरिएको छ।

यसै बीच आज विहानै देखी पुशपति क्षेत्रमा भक्तजनको घुँइचो लागेको छ। पशुपति क्षेत्रमा भारतका विभिन्न स्थानबाट आएका साधु सन्त तथा भक्तजनको बाक्लो उपस्थिति छ।पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए।“पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा भएको छ, १३ लाख भक्तजनमा साढे छ लाखले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्ने र साढे छ लाखले बाहिरबाटै दर्शन गरेर फर्कनुहुनेछ, सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच हजार र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी मेलाका लागि खटाइएको छ। भक्तजनले ढुक्कसँग छलफल गर्न सक्ने वातावरण बनाइएको छ”, उनले भ। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भइरहेको विकासनिर्माण एवम् भूकम्पपछिको पुनर्निर्माणले अप्ठ्यारो नहोस् भन्नेतर्फ पनि ध्यान दिइएको कोषले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.