शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको घटना बुझन संसदीय टोली घटनास्थलमा
चैत्र १०, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १० चैत ।  
गत फागुन २३ गते नेकपा एमालेको मेचीमहाकाली अभियानका क्रममा सप्तरीको मलेठ गाविसमा प्रहरीले चलाएको गोलीबाट पाँच जनाको मृत्यु भएको घटना बारे बुझ्न बिहीबार संसदीय टोली सप्तरी पुगेको छ । ब्यस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समिति अन्तरगत मलेठ घटनाबारे सत्यतथ्य बुझ्न गठित उपसमितिले घटनास्थल, स्थानियवासी, संचारकर्मी, अधिकारकर्मी, राजनैतिक दल, प्रशासन, मृतकका परिवारजन लगायतसँग घटना बारे जानकारी लिएको छ । 

उपसमितीका संयोजक कांग्रेस सांसद मोख्तार अहमदको संयोजकत्वमा गठित टोलीका सदस्यहरुमा एमालेका सांसद बसुन्धरा रोकाया, माओवादी केन्द्रका दुलारी हरिजन, राप्रपाका श्यामसुन्दर टिबडेवाल र फोरम लोकतान्त्रिकका उषा यादब रहनुभएको छ । संसदीय उपसमितिका संयोजक मोख्तार अहमदले घटनाको प्रारम्भिक जानकारी अनुसार सुरक्षाकर्मीका तर्फबाट ठूलो गल्ति भएको बताउनुभएको छ । प्रर्दशनकारीको भीड नियन्त्रणका सुरक्षाकर्मीले रबरको गोली, पानीको फोहोरा, घुँडु तल गोली चलाउने जस्ता विकल्प रहँदा रहँदै गोलीबाट मृत्यु भएका तथा घाइते भएकाहरुको प्रकृती हेर्दा सबैलाई घुँडा भन्दा माथी नै गोली लगेको कारणले सुरक्षाकर्मीहरुको पूर्णरुपले लापरवाही देखिएको उहाँले संचारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँले घटनाका बेला उपस्थित केही प्रतयक्षदर्शी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिकारकर्मी, संचारकर्मी, मधेशी मोर्चाका नेताहरुसँग पनि घटना सम्बन्धी जानकारी लिएको बताउनुभयो । सरकारले सप्तरी घटनाका लागि छानविन समिति बनाएपनि पदाधिकारी नतोकिएकाले चाँडै पदाधिकारी तोक्न, मृतकलाई सहिद घोषणा गर्न र मृतक परिवारलाई १० लाख क्षतिपुर्ती दिन पहल गर्ने जानकारी दिँदै जिल्लामा संकलन गरि बनाइने प्रतिवेदन उपसमितिले मूल समितिमा दिने र मलेठ घटनाका दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिने उल्लेख गर्नुभयो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.