शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपालमै पहिलो पटक हुन लागेको महायज्ञ चैत्र २८ गतेदेखि
चैत्र १०, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १० चैत ।  
नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता सखडा शक्तिपिठमा मुलुकको शान्ति एवं मानवकल्याणका लागि अगामी चैत २८ गतेदेखि शुरु हुने श्री १००८ लक्षचण्डी रुद्र महायज्ञको तयारी तिव्र रुपमा भईरहेको छ । मन्दिरका पिठाधिश एवं महायज्ञका संयोजक महाकान्त ठाकुरले यज्ञस्थलमै बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिनुभएको हो ।पिठाधिश ठाकुरले चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ नेपालको वर्तमान राजनीति परिस्थिति र गत फागुन २३ गते जिल्लामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको कारणले महायज्ञका आचार्य तथा ब्राह्मणहरुको आग्रहमा केही दिन पर सारि चैत २८ गतेको मिति तय गरिएको जानकारी दिनुभयो । 

महायज्ञमा भारतको हरिद्धारका साथै चारै पिठका आचार्यहरु आउने तथा महायज्ञका लागि ४० हजार वर्गफिटको विशाल एवं भव्य यज्ञशाला निर्माण गरिएको छ । सो यज्ञाशालामा हवन कुण्ड रहेको छ । उक्त हवन कुण्डको राष्ट्रपति विद्यादवी भण्डारीले शिलान्यास गर्नुभएको थियो । करिब २१ करोड खर्च हुने सो महायज्ञ विश्वमै पाँचौं पटक हुन लागेको पीठाधिश ठाकुरको दाबी छ । महायज्ञको मण्डप तयार पार्न १ करोड २५ लाख रकम खर्च भइसकेको पिठाधिश ठाकुरले जानकारी दिँदै महायज्ञका लागि हालसम्म ४ करोड रकम खर्च भइसेकेको बताउनुभयो । 

यस्तै महायज्ञ अवधी भर प्रत्येक दिन करिब ७ हजार साधुसन्तको भोजनमा करिब २ करोड १३ लाख खर्च हुने अनुमान गरिएको बताउँदै हालसम्म सरकारको तर्फबाट कुनै सहयोग नभएको आरोप लगाउनुभयो ।महायज्ञमा कलशयात्रा, दैनिक पुजाअर्चना, दुर्गा सप्तशक्ति पाठ, हवन, श्रीमद् भागवत एवं श्रीदेवी भागवत कथा, रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभुति प्रतिमा प्रदर्शनी, बालउद्यान, मीनाबजार सहित मेलाको प्रबन्ध गरिएको छ । यस्तै महायज्ञमा ३ हजार ५ सय विद्धान पंंडित राखी पुजापाठ एवं हवन गरिने व्यवस्था मिलाईएको छ । यसअघि महायज्ञको प्रचार प्रसारका लागि गत असार ३० गतेबाट निस्केको माता छिन्नमस्ता सखडेश्वरी रथ नेपालको मेची महाकाली १ सय ८१ दिनको यात्रा सम्पन्न गरी हाल फागुन १४ गतेदेखि भारत बिहारको यात्रामा रहेको छ भने सो रथयात्र चैत १४ गते नेपाल फर्कीने जनाइएको छ ।पीठाधिश ठाकुरले सप्तरी घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको आत्माको शान्तिका लागि हवन गरिने तथा छिन्नमस्ता शक्तिपीठले उनीहरुको बालबच्चाहरुको सम्पूर्ण पढाई निशुल्क पढाउने उद्घोषण गर्नुभयो ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.