शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म्यादी प्रहरीकालागी पूर्वमा ४६ हजार बढीको आवेदन
चैत्र १८, २०७३ | सरगम खबर समाचारदाता

सिरहा २०७३ चैत्र १८ गते - 
आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी पूर्व क्षेत्रमा ४६ हजार ४ सय ३१ जनाले आवेदन दिएका छन। सो मध्ये ४००४२ पुरुष तथा ६३८९ महिला रहेका छन।नेपाल प्रहरीले निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरीका लागि चैत ११ गतेदेखी चैत १७ गते सम्म ७५ हजार म्यादी प्रहरीको लागी जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन दर्ता खुल्ला गरेको थियो।जसमध्ये सिरहा बाट ३७६८ जनाले आवेदन दिएका छन्। सबैभन्दा बढी मोरङमा ६ हजार ८ सय ६२ जनाको आवेदन परेको छ भने सबै भन्दा कम सोलुखुम्बुमा ६ सय ५४ जनाले आवेदन दिएका छन्।त्यसैगरी ताप्लेजुङमा १६५६, पाँचथरमा १८८१, ईलाममा २९१०, झापामा ६५८६, सुनसरीमा ५२१३, धनकुटा १६९७, तेह्रथुम ९४१, संखुवासभा १७८२, भोजपुर १९७१, उदयपुर २९६१, खोटाङ १४७८, ओखलढुङा १०६४, सप्तरी ५००७, आवेदन परेको छ।पूर्वाञ्चलका १६ वटा जिल्लामा स्थानीय तहको निर्वाचन सुरक्षार्थ करिब १६ हजार ७ सय ७२ म्यादी प्रहरी खटिने छ भने म्यादी छनौट का लागी जिल्ला छनौट समितीले आवेदकहरुको उचाई, स्वास्थ्य परिक्षण, लिखित तथा अन्तरवार्ता परिक्षा लिई छनौट गर्ने प्रावधान रहेको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.