शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जनकपुरमा बस र जीप ठोक्किदा १ को मत्यु , ९
असाड २९, २०७४ | सरगम खबर समाचारदाता

जनकपुरधाम, असार २९ गते । 
जनकपुरमा बस र स्कारपिओ ठोक्किदा एक जनाको मृत्यु हुनुको साथै ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कारपिओमा सवार लहान नगरपालिका १२ की ४० वर्षीया ललितदेवी चौधरी रहेको प्रहरीले जनाएको छ । जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको ना.१ क ४८०५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को. १ च ८५१७ नम्बरको स्कारपिओ जनकपुरको मुजेलियामा बिहीबार दिउँसो ठोक्किँदा उक्त दुर्घटना भएको जनाएको छ । चौधरीको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा घाइते भएका ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर छ । 

दुर्घटनामा पूर्वसांसद् रामरतिदेवी राम र उनका छोरा हरेराम राम पनि घाइते भएका छन् । त्यस्तै, लक्ष्मण यादव, अरुणदेव सिंह, मनिक कामत, सागरदेवी चौधरी, सरितादेवी चौधरी, रामपुकार यादव र जीपका चालक दिलिपकुमार चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये केहिलाई उपचारको लागि बिराटनगर लगिएको छ भने केहिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश सलहेश सेवा समितिका पदाधिकारी रहेको जनाइएको छ । दुर्घटनामा परेको बस जनकपुरको मोनास्टिक बोर्डिंग स्कुलको रहेको जानकारी प्राप्त भएको छ। दुई महिना अघि पनि सोहि स्थानमा बस र स्कारपिओ त्यसैगरि ठोक्किएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.