शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टेरा मोटरस म्यालेज च्यालेंग प्रतियोगिता सम्पन्न
चैत्र ५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ५ - 
सिरहाको लहानमा भएको टेरा मोटरस म्यालेज च्यालेंग प्रतियोगिता सम्पन्न भएको छ। जापनिज कम्पनि द्वारा निर्मित टेरा मोटरस ई रिक्सा म्यालेज च्यालेंग प्रतियोगितामा सहभागी ३० जना मध्ये म्यालेज क्षमता अनुसार ३ जनाको रिक्साले सब भन्दा बढी म्यलेज दिएको आधार ३ जना रिक्सा चालक उत्कृष भएका छन्। लहानमा अवस्थित श्याम इन्टर प्राइजेजको आयोजनामा आयोजित उक्त म्यालेज च्यालेंग प्रतियोगितामा टेरा मोटरस कम्पनीका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो। प्रतियोगितामा मोहमद अब्बास तेस्रो , लाल बाबु महतो दोस्रो भएका छन् भने १५० किलोमिटर भन्दा बढी टेरा मोटरस ई रिक्सा गुडाएर सुरुङ्गा नगरपालिका सप्तरीका सोनु कुमार प्रथम भएका छन्। 

प्रतियोगितामा तेस्रो हुनेलाई स्टेन्ड पंखा , दोस्रो हुनेलाई सामसुंग जे टु मोवाइल र प्रथम हुनेलाई २४ इन्चको एलइडि टिभी प्रदान गरिएको छ। हाल अहिले लहान क्षेत्र भित्र २५० वटा तेरा मोटरस इ - रिक्सा संचालमा रहेको श्याम इन्टर प्राइजेजका संचालक विष्णु चौधरीले जानकारी दिएका छन्। इ - रिक्साको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल  टेरा मोटरसले हाल बजारमा टेरा इ - रिक्सा , वाई सिक्स कार्गो , टेरा स्कुटर ल्याएका छन् भने नव वर्ष २०७५ देखि २ वटा नया मोडलको इ - रिक्सा बजारमा ल्याउने तयारी गरिरहेका छन्। यस क्षेत्रमा टेरा रिक्सा आए पछि यहाका वेरोजगार युवाहरुले रिक्सा चलाएर दैनिक एक हजार देखि १५ सय रुपैया सम्मको आम्दानी गरेर आत्मनिर्भर बन्दै गइरहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.