शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लैंगिक समानता रणनितिको मस्यौदा माथि छलफल कार्यक्रम सम्पन्न
पौष १३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष १३ - 
ओरेक परियोजना कार्यालय सिरहाको आयोजना र लहान नगरपालिकाको सहकार्यमा आज लहानमा लैंगिक समानता रणनितिको मस्यौदा माथि छलफल भएको छ । ओरेककी अध्यक्ष रामबती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साह रहनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी र लहान नगरपालिकाको प्रशासकिय अधिकृत खेमनन्द भुसाल रहनु भएको थियो ।  कार्यक्रममा २४ वटै वडाबाट सहभागी भएका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई लहान नगरपालिकाको लैंगिक समानता रणनीति योजनाको खाकालाई छलफलका लागि दिएको थियो । जसबाट रणनितिलाई अझ प्रभावकारी बनाउनका लागि वडा अध्यक्षहरुले सुझाव दिएका थिए । रणनीति पास गर्नुपर्ने उदेश्यले लहान नगरपालिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष तथा सदस्यहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.