शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डा. केसीको समर्थनमा नेबि संघद्वारा लहानमा प्रदर्शन
साउन ६, २०७५ | फिरोज शेख

फिरोज शेख २०७५ श्रावन ६ - 
डा. केसीको समर्थनमा सिराहाको लहानमा नेबि संघद्वारा प्रदर्शन गरिएको छ। नेबि संघका युवाहरुले लहान बजार परिक्रमा गर्दै ‘डा. केसीको माग पूरा गर, मेडिकल माफिया मुर्दाबाद, नेबिससंघ जिन्दावाद, प्रहरी दमन मुर्दाबाद’ लगायतका नाराहरु सहित प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्।सिरहा जिल्ला अध्यक्ष मोहम्मद मुस्ताक शेखको संयोजकत्वमा भएको कार्यक्रममा बोल्दै नेबिसंघका केन्द्रीय सह- महामन्त्री परमेश्वर साहले माग पुरा भएन भन्ने सडक अबरुद्ध पार्ने चेतावनी दिएका छन् । डा. केसीको समर्थन कार्यक्रममा नेबि संघका पूर्व केन्द्रीय सदस्य सुमन मिश्र, सिराहाका जिल्ला सचिव सन्जीव कुमार ठाकुर लगायत विद्यार्थी नेताहरुकोको बाक्लो उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.