शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
'घर घरमा माओवादी,जनजनमा माओवादी' अभियानमा उत्साहजनक सहभागिता
कार्तिक ११, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० कार्तिक ११ - 
'घर घरमा माओवादी,जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहान-४ नम्बर वडाको बैठक आज सम्पन्न भएको छ । उत्साहजनक सहभागिताले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको नेकपा माओवादी लहान नगर कमिटिले जनाएको छ । अभियानका इन्चार्ज तथा बैठकका प्रमुख अतिथि केन्द्रिय सदस्य अमर मण्डलले नेकपा माओवादीले गणतन्त्र संघियता ल्याएको भन्दै प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समाजवाद ल्याउन नेकपा माओवादीको संगठन शहरी क्षेत्रमा बलियो हुनुपर्ने तर्क गर्नुभयो । 
नेता मण्डलले बैठकलाई सम्बोधन गर्दै माओवादी पार्टीलाई बलियो बनाउन शहरी क्षेत्रमा मजदूरहरुमा पकड बनाउन आवश्यक रहेको बताउनु हुँदै शोषित पीडित र उत्पीडित जनताको आवाज मात्रै होइन,युद्ध नै लडेको माओवादी कमजोर हुनुहुँदैन भन्ने कुरामा जोड दिनुभयो।

त्यसै जिल्ला कमिटिका पुर्व सदस्य तथा अभियानका संयोजक विजय कुमार गुप्ताले पार्टीभित्र कुनै मतभेद नरहेको प्रष्ट पार्नु भयो। उहाँले थप्नुभयो,'लहानको समृद्धि र विकासको लागि नेकपा माओवादी गाउँको किसान र शहरको मजदूर माओवादीको रीढ हो । माओवादीहरु जुर्मुराएर उठ्न जरुरी छ' भन्नुहुँदै जागरुक गराउनु भयो। कार्यक्रममा नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादव , नगर सचिव उमेश साह ,जिल्ला कमिटि सदस्य सुधा यादव,गणेश चौधरी ,प्रदेश कमिटि सदस्य सुरेन्द्र साह , युवा नेता विवेक परियार लगायत स्थानीय नेता तथा कार्यकर्ताहरु संगै करिब दुई सय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। उपस्थित वडावासीले लहान -४ मा विकासको अवस्था न्युन रहेको जनगुनासो गर्दै वडा अध्यक्षको व्यापक गुनासो गरेको एक नेताले बताए।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.