शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेकपा माओवादी केन्द्र द्वारा रक्तदान कार्यक्रम सम्पन्न

3 Views

आश्वीन १४, २०८० | फिरोज शेख


फिरोज शेख लहान २०८० असोज १४ - 
सिरहाको लहानमा नेकपा माओवादी केन्द्र द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमर मण्डलकाे संयोजकत्वमा लहान-१ तरकारी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जनतासँग माओवादी विशेष अभियान अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य विजय गुप्ताले जानकारी दिए। रेडक्रस सोसाईटी लहानको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा जिल्ला सदस्य सुधा यादव, लहान-२० का वडा अध्यक्ष गणेश चौधरी, रिक्मा विक, देवनारायण महताे, हेमन्त यादव, गमकलाल चौधरीकाे , उमेश साह लगायतका नेताहरुको उपस्थिति रहेको थियाे ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.