शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान अस्पताललाई नेविसंघको ९ बुंदे ज्ञापनपत्र
साउन २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ श्रावन २० - 
नेपाल विद्यार्थी संघ सिरहाले लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल लाई अस्पतालमा चरम लापरवाही र भ्रष्टाचार भईरहेको ठहर गर्दै आईतबार नेविसंघले ९ बुंदे ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष  मोहम्मद मुस्ताकको नेतृत्वमा गरेको नेविसंघका नेता तथा कार्यकर्ताका टोलीले अस्पतालका मेडिकल अधिकृत सुनिल कुशवाहालाई ज्ञापनपत्र बुझाएका हुन। अस्पतालमा २४ सै घण्टा फार्मेसी सेवा सुचारु हुनु पर्ने , डाक्टरहरु १० बजेदेखि ३ बजे सम्म बस्नु पर्ने ,  ठप्प रहेको एक्सरे र  भिडियो एक्स-रे सेवा सुचारु हुनु पर्ने , अस्पताल विकास समितिको रकम अनियमित रुपमा लगानी न हुनु पर्ने , अस्पतालमा दिनहु सरसफाई हुनु पर्ने , विरामी र कुरुवाहरुको उचित बेडको व्यवस्था हुनु पर्ने लगायतका मांग गरु ज्ञापनपत्रमा उल्लेख गर्दै उक्त मागहरु १० दिनभित्र पुरा नभए आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.