शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रपतिलाई गाडी किन्न लहानमा भिख माङ्ग्दै नेवि संघ
मंसिर १०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर १० - 
नेपाल् विद्यार्थी संघ जिल्ला कार्यसमिति सिरहाका युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै  लहानमा भिख मागेका छन्। जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै नेवि संघका युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् ।सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् । सोमबार जे एस मुरारका बहुमुखी क्याम्पस परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै व्यानर सहित लहान परिक्रमा गर्दै सर्वसाधरणसँग एक / एक रुपैयाँ भिख मागेका हुन्।

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् । नेवि संघका युवाहरुले सोमबारे हटिया गर्न आएका  बटुवा, बालबालिका बुढाबुढी लगायत पसलेहरु संग भिख मागेका छन् । नेपाल् विद्यार्थी संघ जिल्ला कार्यसमिति सिरहाका सभापति सितल प्रसाद चौधरीको अगुवाइमा भएको भिख माग्ने कार्यक्रम बाट संकलित रकमले खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने युवाहरुले बताएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.