फिरोज शेख लहान २०७५ पुस १८ -
सिरहाको लहानमा मेगा मियुजिकल इभेन्ट २०१९ भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०१८ लाई विदाई र २०१९ का भव्यताका साथ स्वागत र शुभकामना आदान-प्रदान गर्ने उदेश्यले लायन्स क्लव अफ लहान सिटीको आयोजना तथा सिक्नेचर विसकी , टाटा मोटरसको मुख्य प्रायोजनमा संचालित मेगा इभेन्टको सहयोगी संस्थाहरुमा लहान एभरेष्ट कलेज,लोटस सेकेन्डरी स्कुल लहान, मनकामना स्कुल,लिट्टिल स्टार उच्च मावि लहान, एलएम सी कलेज लहान,लहान मेरी चिल्ड्रेन स्कुल, सानिमा बेंक,वारडी रम , विग मास्टर विन, टेन्सवर्ग वियरको सहयोगमा सम्पन्न इभेन्टमा राष्टिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो।
लायन्स क्लव अफ लहान सिटी वर्ष २०१९ का अध्यक्ष रियासत लिमि ( मुन्ना ) को अध्यक्षता तथा सिरहा क्षेत्र न. १ को ( ख ) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक यादवको प्रमुख आतिथ्य र जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्यको विशिष्ट आतिथ्यमा सम्पन्न मेगा इभेन्टमा इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापा, शसत्र प्रहरीका डिएसपी निमन थापा,सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, लहान नगरपालिका वडा न. ७ का वडा अध्यक्ष रोशन गुप्ता, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका अध्यक्ष फिरोज शेख, गोलबजार उद्योग संघका अध्यक्ष भरत अग्रवाल,लायन्स क्लव अफ लहान सिटीका संस्थापक अध्यक्ष अशोक अग्रवाल,निवर्तमान अध्यक्ष विकाश सारडा, जोन चेयर पर्सन पाण्डव हमाल,पुर्व अध्यक्ष चक्रपाणि दहाल , धरणीधर अधिकारि, बसन्त साह, वर्तमान उपाध्यक्ष संजय राज शर्मा, सुदिप चौधरी लगायत विभिन्न संघ -संस्थानबाट पाल्नु भएका प्रमुख तथा प्रतिनिधिहरु , महिला , दर्शक संगै करिब ३ सय जनाको उपस्थिति रहेको थियो।
इभेन्टमा नेपालका चर्चित ब्याण्ड MT 8848 प्रस्तुति, त्रिकालय ब्याण्डका चर्चित युवा गायक आयुष हमालको प्रस्तुति ,स्टनिक लिफ ब्याण्डको उत्कृष्ट पप गीतहरुको प्रस्तुती र तराइ मधेशका चर्चित गायक सरोज सन्तको गायन संगै ग्लाक्ट्स क्रु का कलाकारहरुको संस्कृतिक प्रस्तुतीले त्यहा उपस्थित समुर्ण लाई नाचन बाध्य बनाएका थिए। लहान नगरीको प्रशिद्ध होटल दरबारमा भएको मेगा मियुजिकल इभेन्ट २०१९ को मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो,भने कार्यक्रमको उद्घोषण रमिता नेपालले गर्नु भएको थियो।