शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
‘कम्युनिष्ट सरकारमा भ्रष्टाचार मौलाउनु दुर्भाग्य’ - पुर्व मन्त्रि महेन्द्र
कार्तिक २, २०७६ | फिरोज शेख

लहान २०७६ कार्तिक ७ - 
पूर्व भूमिसुधार मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य महेन्द्र पासवानले देशमा नेकपाको झण्डै दुई तिहाइको सरकार रहेको बेला सरकारमा भ्रष्टाचार मौलाउनु दुर्भाग्य रहेको बताउनु भएको छ ।नेकपा लहान नगरकमिटि द्वारा दशै, दिपावली, छठ, कार्तिक पूर्णिमाको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पासवानले भ्रष्टाचार र व्यापारीहरुको इशारामा पार्टी चलिरहे सामाजवाद र समृद्धि संभव नरेहेको भन्दै यतिवेला नसोचेको जस्तै हरेक ठाँउमा जबर्जस्त रुपमा भ्रष्टाचार बढनु दुर्भाग्य भएको बताउनुभयो ।तीनै तहमा रहेको नेकपाका सरकारले गरीव दलित जनताको मन जित्ने काम गर्न सकिरहेको छैन भने भ्रष्टाचारीहरु सरकारको वरिपरि वर्चश्व कायम राखेकोले भ्रष्टाचार बढदै भएको नेता पासवानले भन्दै पार्टीको विधान सिद्धान्तलाई व्यवहारमा उतार्न नसके आउने दिन चुनौतीपूर्ण हुने धारणा राख्न्ुभयो ।


अर्का केन्द्रिय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रामचन्द्र यादवले दुईटा पार्टी मिलेर ठूलो पार्टी बन्नेपनि नेकपाभित्र नेता कार्यकर्ताहरुलाई उचित जिम्मेबारी नदिदा पार्टीमा उर्जा नदेखिएको भन्दै सहि लाइनमा पार्टीलाई ल्याउन प्रदेश २ मा संगठन व्यवस्थित हुन नसकिरहेको बताउनुभयो ।केन्द्रिय सदस्य गंगा प्रसाद यादवले सिरहा १ को दुबै प्रदेश सभा सदस्य नेकपाले जितेर संघीय संसदमा पराजित हुनुपर्ने समीक्षा पार्टीले अहिलेसम्म गर्न सकेको छैन । पार्टी एकातिर भद्रगोलतामा रमाइ रहेको छ भने जनप्रतिनिधिहरु मनोमानी गरेर जनपक्षीय काम गर्न सकिरहेको छैन उनले बताए।


लहान नगरप्रमुख मुनि साहले पार्टीले सहि कामको लागि बाटो देखाउनुपर्ने र नगरपालिकाले गरिरहेको जनपक्षीय काममा सघाउनुपर्ने भन्दै लहानको विकासको लागि १८ किलोमिटर पीच सडक, भानुभक्त वाचनालय, कन्या माध्यमिक विद्यालयको सुरुवात, सहुलियत मूल्यको पसल संचालन, गरीव दलितलाई रासन कार्ड र आवास निर्माणको काम अघि बढाउनुको साथै कृषि क्षेत्रमा समग्र समस्या सामाधान गर्ने गरी अघि वढेको जानकारी गाराउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय नेता रामरति राम, प्रदेश सभा सदस्यद्वय लगनलाल चौधरी र अकोश यादव, प्रदेश सदस्य मागैन कामैत, रामपृत राम, राजेन्द्र प्रसाद चौधरी र राम बाबु यादवले नेकपाको संगठन निर्माण पार्टी भित्रको भद्रगोलताको अन्तय र जनमुखि काम गर्न पार्टीले जनप्रतिनिधिहरुलाई लिक बाहिर जान नदिन ध्यान आकर्षण गराउनुभयो । नेकपा लहान नगरकमिका अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त चियापान तथा शुभकामना आदान -प्रदान कार्यक्रममा नेकपाका नगर्कमिति ,जिल्ला कमिटि , प्रदेश कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.