शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिके राउतलाई तानाशाहीको आरोप लगाउँदै सिरहाका ४५ जना द्वारा पार्टी
असाड २४, २०७७ | फिरोज शेख

सिके राउतलाई तानाशाहीको आरोप लगाउँदै सिरहाका ४५ जना द्वारा पार्टी परित्याग 

फिरोज शेख लहान २०७७ असार २४ - 
डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाका ४५ जना संयोजक तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । डाक्टर राउत र सरकार बिचको ११ बुँदे सहमति देखि लिएर नागरिकता विधेयक विरुद्धको आन्दोलन घोषणा र डाक्टर राउतको नेतृत्वप्रति असन्तुष्ट बनेका उनका  पार्टीका पुर्व सिरहा जिल्ला संयोजक चन्देश्वर महतो ,केदारनाथ यादव ,लहान नगरपालिका संयोजक देवकान्त सिंह ,सिरहा नगरपालिका संयोजक तथा जिल्ला किसान जनमत संघका विपिन यादव ,सुखिपुर नगरपालिका संयोजक सत्रुधन महतो ,धनगडीमाई नगरपालिका संयोजक तथा जिल्ला सहकारी जनमत संघ अध्यक्ष बैजनाथ महतो ,नरहा गाउँपालिका सक्रिय कार्यकर्ता मनोज यादव ,सिरहा नगरपालिका सक्रिय कार्यकर्ता असेस्वर कामति ,नवराजपुर गाउँपालिका संयोजक राम शंकर यादव,गोलबजार नगरपालिका सक्रिय कार्यकर्ता देवेन्द्र प्रसाद महतो ,लहान नगरपालिका सक्रिय कार्यकर्ता महेश महतो,सिरहा जिल्ला सक्रिय सदस्य भोला जित नेपाल ,विष्णुपुर गाउँपालिका संयोजक विरेन्द्र कुमार यादव,सक्रिय सदस्य जितेन्द्र कुमार सिंह सहित ४५ जना संयोजक तथा सक्रिय कार्यकर्ताहरुले पार्टीबाट सामुहिक रुपमा लहानमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

डाक्टर राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएको र मनोमानी ढंगबाट पार्टी चलाउने कार्यप्रति असन्तुष्ट ति ४५ जना संयोजक तथा कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको पार्टीका लहान संयोजक देवकान्त सिंहले जानकारी दिए । पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको र अब कुन बाटो अपनाउने साथीहरुसंग छलफल गरि सार्वजनिक गर्ने सिंहले जानकारी दिए । जिल्लाका कार्यसमितिका ति पदाधिकारी तथा सदस्यहरुले  डाक्टर सिकेराउतको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै जनमतले मधेशको भलो नगर्ने भन्दै पार्टीबाट सामुहिक राजिनामा दिएको पत्रकार सम्मेलनमा बताए ।

विज्ञप्तीमा डाक्टर राउत पार्टी भित्र एकल तानाशाहको रुपमा अघी बढेको, अहंकार, घमण्ड गर्दै पार्टीभित्रै गुट–उपगुट गरि तत्कालिन स्वतन्त्र मधेश गठबन्धको मधेश आन्दोलनमा योगदान गर्ने जेलनेल काटने वास्तविक कार्यकर्ताहरुलाई पाखा लगाउदै आफ्नो नजिकका आसे -पासे व्यक्तिहरुलाई पार्टीमा उच्च स्थान दिई भर्ति केन्द्र बनाएको,पार्टीभित्र एकल,तानासाही ,अपारदर्शी जस्ता अलोकतान्त्रिक कार्य गरेको ,केन्द्रिय र जिल्ला स्तरमा समिति निर्माण र पदीय मर्यादा बाडफाडमा हैकमवादी र पारिवारिक चरित्र देखाएको,पार्टीगत अवधारणाहरु प्रति कसैको जानकारी विना छल पुर्वक हस्ताक्षर गराएको ,आफ्नो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको,जानकारी बिना कार्यक्रम गरेको , १० लाख मधेशी युवालाई दिनेकुरा हावादारी र प्रचारिक मात्र भएको ,नेता ,कार्यकर्ता लगायत सम्पूर्ण मधेशी जनतालाई झुक्याउदै आफ्नो दैवत्वकरण अनुसार " मधेश स्वतन्त्रता "को कुरा छाडेको ,संगठनमा अहोरात्र जीवन अर्पण गरेका नेता तथा कार्यकर्ताहरु लाई योजनावद्ध रुपले पाखा लगाउन खोजिएको र अभद्र शब्दहरु प्रयोग गरी सौतेनी व्यवहार गरेको ,मधेश र मधेशी जनताको सवतन्त्रतार स्वराज जस्ता सपना देखाई आफनो राजनीतिक चरित्र स्थापना गरिएको ,निर्वाचन आयोगमा दर्ता भइसकेका शब्दहरु " स्वराज आन्दोलन " " सामुदायिक स्वराज स्थापना गर्न आत्मनिर्णयको अधिकार " " जनलोकपाल " लगायत विधानको अनुसूची ५ बाट " जय स्वराज " शब्द हटाएको आरोप सहित विभिन्न आरोपहरु लगाउदै जनमतपार्टीको यी र यस्ता दोहरो चारित्रिक व्यवहारहरु बाट त्रसित भई ४५ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको जानकारी गराउदै सदैव मधेश र मधेशीको स्वाभिमान ,स्वधिनता ,मुक्ति र नैसर्गिक अधिकार प्राप्तिका लागि राज्य संग निरन्तर लड्ने समेत घोषणा गरेका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.