शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको नवराजपुर गाउंपालिकामा विकाश योजना अन्योलमा
साउन २, २०७७ | सरगम खबर समाचारदाता

जयनाथ यादव लहान २०७७ श्रावन २ :-
सिरहाको नवराजपुर गाउंपालिका वडा नं.१ मा ग्राभेल तथा कालोपत्रै विकास योजनामा छुटयाएको रकम २१ लाख ५५ हजार ७ सय १४ रुपैयां को बिकास योजनामा जनताको आंखा छलेर असारे विकासमा लुट गरेको छ कार्य योजना स्थलमा योजना बिवरणको बोर्ड न राखे पनी फाईलमा हुडिङग बोर्डको फोटो राखैर भुक्तानी गर्छ आम नागरिक लाई बिकासको बारेमा बुझन बाट अन्योलमा राखेर विकासमा व्यापक अनियमितता भएको छ । कमिसनमा डुबेको गाउंपालिकाका कर्मचारी र जनप्रतिनिधि सबै ऐन कानुन लाई टेबलमा राखैर आफ्नै खोजी कमिसनको रकम लुटन बेस्त छ। योजनाको काममा व्यापक अनियमितता भएको स्थानियहरुको गुनासो आउदा पनि सम्बन्धीत निकाय भने मौन छ । स्टिमेट अनुसार योजना स्थलमा हुडिङग बोर्ड राख्नु पर्ने स्थानिय गुनासो गर्दा समेत कमिसनमा लिप्त प्राबिधिक र अधिकारी नदेखेको जस्तो गर्छ नियम विपरीत चुपै चुपै गरेर बिकास योजनाको पैसा खाने काम मात्र गर्छ ।विकास योजनाको अनुगमन समितीमा रहने नवराजपुर गाउंपालिकाको उपाध्यक्ष शोभा कुमारी यादवको अनुसार अनुगमन गर्दा लगभग ६० वटा विकास योजना मध्ये केही योजनामा मात्र हुडिङग बोर्ड छ 'स्वीकारे'अरु योजना कार्य स्थल बोर्ड नराखने उपभोक्ता समितिको गलती हो

।यता गाउंपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले भने यो सबै काम प्राविधिक शाखा को हो यस बारे मलाई केही जानकारी छैन ।गाउंपालिकाले करारमा राखेको प्राविधिक शाखाका ईन्जिनियर कृष्णा साह के जानकारी लिनु छ भने हाकिम र योजना शाखामा सोध्नु म केही मन्न सक्दिन भन मानेन।नवराजपुर गाउंपालिका को स्थानिय बासिन्दाहरु अनुसार योजना स्थलमा हुडिङग बोर्ड छैन। यो बिकास बारे हामीलाई केही थाहा छैन कहांको कसले दिएको बजेट कति रकमको कहिले उपभोक्ता समिति बनयो। कानुनमा आम जनता लाई जानकारी दिएर उपभोक्ता समिति गंठन गर्न भने पनि याहांका जनप्रतिनिधिले आफ्नै मनमोजी उपभोक्ता समिति बनाउछ  र बिकास नगरेर बजेट पचाउंछ । फाईलमा बिकास भएको सबै कागजात कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कार्यालयमा पेश गर्छ भुक्तानी लिन्छ। कागजमा मात्र बिकास सिमित हुन्छ योजना स्थलमा हुडिङग बार्ड नराख्नु अनियमितता मनसाय प्रष्ट हुन्छ । गाउंपालिका लाई भ्रष्टाचारको अंडा बनाएको छ स्थानियको भनाई।


 वडा नं.१का स्थानिय युवा कृष्णा यादवको अनुसार ग्राभेल तथा कालोपत्रै २१ लाख ५५ हजार ७ सय १४ रुपैंयाको विकास योजना रकम गाउंपालिकाले छुटयाएको सुन्दा मैन रोड देखी २०० मिटर भित्र रहेको हाम्रो टोल तिनघरीयामा ग्राभेल हाल्न पटक पटक वडा अध्यक्ष राम औतार यादव लाई भने पनी केही बास्ता गरेन उपभोक्ता समिति लाई भन्नु पर्छ भने त्यसपछि हामीले बिकास योजना बारे बुझन नवराजपुर गाउंपालिकाको अध्यक्ष विश्व मोहन प्रसाद यादव सम्क्ष पुगेर आफ्नौ टोलमा सड़क बनाईदिनु र गुनासो गर्दा मेरो पार्टीको मान्छे लिएर आउनु केही चासो देखाएन ।
हामिले वडा नं.१ मा ग्राभेल तथा कालोपत्र बिकास योजनाको हुडिङग बोर्ड र केही मौखिक पुर्ण जानकारी नहुदां हामी केही जनाले एउटै निवेदनमा बिकास योजना बारे बुझन सुचना तथा जानकारी लिन निवेदन दिएको ९ दिन बित्यो अहिले सम्म गाउंपालिकाले सुचना उपलब्ध गराएको छैन। भ्रष्टाचार गरेको भण्डाफोर हुने डरले गाउंपालिका अध्यक्ष र हाकिम एता उता आल टाल समय बिताउने सुचना तथा जानकारी नदिने बहाना मात्र गर्छ । यो सुचना नदिने पछाडि अनियमित ढंगले बजेट सिध्याउने उद्देश्य मात्रै लुकेको छ यादवले भने,‘ असारे विकासको आतंकले स्थानीयवासी दिक्क भएका छन। नियामक, नियन्त्रणकारी , कारबाही निकाय र कानुन आंखामा पटी लगाएर कानमा तेल हालेर बस्दा स्थानीयवासी आजित बनेका छन।’

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.