शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना नियन्त्रणमा १२ स्थानीयतहको २० करोड भन्दा बढी खर्च
साउन २३, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ श्रावन २३ - 
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लामा काेरोना संक्रमण रोकथामा स्थानीय तह र निकायबाट भएका खर्चको बिबरण माँग गर्ने क्रममा १७ स्थानीय तहमध्ये १२ वटा स्थानीय तह ,स्वास्थ्य कार्यालय सिरहा गरि जिल्ला अस्पताल सिरहाले कोरोना रोकथामका लागि २० करोड ९० लाख ४७ हजार रुपैया खर्च गरेको विवरण सार्वजनिक गरिएको छ। कोरोना भाइरस कोभिड- १९ को नाउमा व्यापक रुपमा अनियमितता भएको जनगुनासो आउँन थालेपछि जिल्ला विपद व्यवस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च विवरण सार्वजनिक गर्न भनेपछि विहिबार बसेको सरोकारवालाहरुको बैठकमा कोरोना रोकथामका लागि गरिएको खर्च विवरण सार्वजनिक गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुझाएको खर्च विवरणको अहिले समाजिक संजालहरुमा व्यपक र्चचा भईरहेको छ ।

खर्च खर्च विवरण सार्वजनिक गर्ने स्थानीय तहहरुमा सिरहा नगरपालिकाले सबैभन्दा बढि ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन्। त्यसतै  गोलबजार नगरपालिक १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिका १ करोड ४८ लाख १५ हजार ८ सय १६ ,लहान नगरपालिका १ करोड ९८ लाख ४० हजार ७८ रुपैयाँ, धनगढीमाइ नगरपलिका ५५ लाख ९४ हजार ६ सय ३३, बिष्णुपुर गाउँपालिका ८८ लाख ६१ हजार ७ सय १० , बरियारपट्टि गाउँपालिका १ करोड ५७ लाख २३ हजार ७ सय ६७ , नरहा गाउँपालिका ७३ लाख ५९ हजार २ सय ४९, लक्ष्मीपुर पतारी गाउँपालिका ६९ लाख ६५ हजार ६ सय ९५ ,  मिर्चैया नगरपालिका  १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ , औरहि गाउँपलिका २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ सार्वजनिक गरेका छन्। भने जिल्ला स्वास्थ्य कार्यालय सिरहा  ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च विवरण सार्वजनिक गरेका छ्न । खर्च विवरण सार्वजनिक नगर्ने स्थानीय तहहरुमा कल्याणपुर नगरपालिका,सुखिपुर नगरपालिका,सखुवानन्कारकट्टि गाउँपालिका,भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिका रहेका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.