शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान १० मा सडक सुधार कार्य सुरु
पौष १९, २०७७ | फिरोज शेख

सिरहाको लहान नगरपालिका १० मा लहान नगरपालिकाको नगर स्तरीय कार्यक्रम अन्तर्गत ग्रामिण चौकदेखी उत्तर गुदिगाउँ सम्म सडक सुधार कार्यको सुरुवात एक कार्यक्रमका बीच नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यतामा शुभ आरम्भ गरिएको छ। विगत लामो समय देखि जिर्ण अवस्थामा रहेको उक्त सडकलाई ३० फिट चौडाई गर्ने योजना सहित नविन बहादुर कार्कीको अध्यक्षतामा निर्माण गरिएको श्री सिद्धेश्वर महादेव उपभोक्ता समिति लहान १० लाई लहान नगरपालिकाको कार्यलय बाट ७६ लाख ७६ हजार व्यहोर्ने गरि सडक सुधार कार्य २०७८ साल जेठ २५ गते सम्म पुरा गर्न जिम्मा दिइएको प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख साहले बताउनु भयो। नगर प्रमुख साहले लहान १० मा रहेको नहर लाई सुधार गर्दै पक्कि नहर संगै ढल निर्माणको कार्यक्रम पनि अगाडी बढी सकेको जानकारी गराउदै ग्रामिण चौक देखि गुदिगाउँ सम्मको सडक सुधार कार्यक्रम आज शनिबार बाट सुरु भएकोमा खुशी व्यक्त गर्दै चाडै ग्रामिण चौक देखि पुरानो विधुत प्राधिकरण सम्मको सडक पनि निर्माण गर्न लागि परेको बताउनु भयो। लहान नगरपालिका भित्र रहेका २४ वटै वडामा स्वास्थ्य चौकी स्थापना संगै व्यवस्थापनमा नगरपालिका अग्रसर भइरहेको बताउनुहुदै निर्वाचनको समयमा जनसमुदाय संग गरिएको विकास निर्माणका कार्यहरु मध्ये ९० % काम लगभग सम्पन्न हुने क्रममा रहेको र बाँकी १० % काम पनि सम्पन्न गर्न लागि परेको बताउनु भयो। सडक, कृषि , शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भइरहेको पनि नगर प्रमुख साहले तर्क गर्नुभयो।

लहान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मनटि कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा समाजसेवी राज कुमार कोइराला ,विन्देश्वर पासवान ,शिव प्रसाद तामांग संगै लहान नगरपालिका ११ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राज कुमार साहले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष मोहम्मद हाकिम राइन लगायत बुद्धिजीवी ,समाजसेवी ,नागरिक समाज ,संचारकर्मी ,वडा सदस्य ,कर्मचारी लगायतको उपस्तिथी रहेको थियो, भने कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेका थिए। 
यसै बीच लहान १५ को सिमलटोकि बजार देखि बेतहा खोला सम्म नव निर्मित सडक ट्राकको उद्घाटन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण कार्यको समेत शिलान्यास कार्यक्रम शनिबार नै नगर प्रमुख साह द्वारा सम्पन्न भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.