शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रतिनिधिसभा विघटन संवैधानिक : प्रधानमन्त्री ओली
माघ २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २० - 
प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको बताएका छन्। सोमबार सिरहा सदरमुकामस्थित स्वर्गीय हेमनारायण यादवको १७औँ स्मृतिसभा लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘अहिले यो प्रतिनिधिसभा विघटन संवैधानिक छ कि छैन भनेर तर्क वितर्क भइरहेका छन्। केही व्यक्तिले संवैधानिक छैन् भनिरहेका छन, तर म भन्छु , फेरी फेरी भन्छु यो विघटन संवैधानिक हो र   पहिलो चरणको निर्वाचन अन्तर्गत बैशाख १७ गते प्रदेश २ मा पनि निर्वाचन हुने बताउनु भएको छ। उहाँले प्रतिनिधिसभा कुनै पनि हालतमा पुनर्स्थापना नहुने ठोकुवा गर्दै ‘विघटित प्रतिनिधि सभा पूर्नस्थापना हुने, पार्टी खुलाउने, खुलिसकेको पार्टी अनेक तत्वहरुसँग मिलेर किनबेच गरेर, नक्कली सरकार बनाइरहने, त्यो काम अब हुँदैन्, अब जनताको ताजा जनादेशबाट सुद्धृढ सरकार बनाउनुपर्छ भन्दै भ्रष्ट,अलोकतान्त्रिक तत्वहरुलाई चुनावको मत परिणाम बाटै जवाफ दिन कार्यकर्तालाई आहवान गरे। 

उहाँले माधव नेपाल र पुष्प कमल दाहाल प्रचण्ड लाई अंकित गर्दै " नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट केहीतत्वहरु बाहिरिएपछि फेरि जुर्मुराएको उनले बताए। संसद स्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुले त्यो सपना नदेखेपनि हुन्छ,पार्टी फूटाएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना कहिले पुरा हुदैन।  मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले पुष्पकल दहाल ‘प्रचण्ड’ लाई लक्षीत गर्दै अव रक्तपातपूर्ण आन्दोलनमा जनताले साथ नदिने बताए । उनल केही मान्छेहरु अव ‘भेज’ आन्दोलनले चल्नेबाला छेन भनीरहेका छन्, त्यो भनेको के चिकेनचिल्ली चाहियो भनेको हो ? भन्दै मान्छेमार्ने आन्दोलनमा जनताको साथ नरहने विश्वास व्यक्त गर्दै ‘जनताले अव विकास, समृद्धी, सुशासन चाहेको छ, आदमखोरहरुलाई कसैले साथ दिनेवाला छैन ।’‘हाम्रा पार्टीका नेता,कार्याकर्ताले ३ वर्षसम्म काम गर्न पाएनन्। केही तत्वहरुका कारण पार्टी अलपत्र, छरपस्ट भयो,’उनले भने,‘ती मानिसहरु बाहिर गए। अहिले निर्वाचन आयोग, अदालतलाई धम्काउने कार्य भइरहेको उनले आरोप लगाए। राष्ट्रपतिलाई विरोध गर्ने र धम्काउने कार्य अब नचल्ने उनले बताए। प्रधानमन्त्री सिरहा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

 यसै बीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्दा नेकपा युवा संघ सिरहाका संयोजक राजेश यादव (राज), सं–संयोजक आशान्नद यादव ,अनेरास्वियुका विद्यार्थी नेता भोला यादव , अरविन्द यादव, पुजन सिहं, अनिल परियार, रविन्द्र साह लगायतका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिई ६ घण्टा पछि छाडेका थिए।   

 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.