शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तेस्रो झण्डा महोत्सवको सम्पूर्ण तयारी पुरा , उदघाटन गर्न नेकपा
फाल्गुन १४, २०७७ | फिरोज शेख

फिरोज शेख /शियाराम यादव २०७७ फागुन १४ - 
" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल नाराका साथ सखुानन्कारकट्टीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाले तेस्रो पटक  महोत्सवको आयोजना गर्न लागेको र महोत्सवको सम्पूर्ण तयारि पुरा भएको आयोजकले विहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा जनाए अनुसार वालविवाह ,वहुविवाह ,दहेजप्रथा र लैंगिक हिँसा सम्बन्धि जनचेतना मुलक कार्यक्रम,कृषि औजार तथा उपकरणहरु,विभिन्न उपभोग्य सामानहरु,लताकपडा,घरायसी तथा दैनिक प्रयोजनका विविध सामग्रीहरुको व्यपार,व्यवसाय तथा प्रदर्शनी , परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी आन्तरिक तथा बाह्रय पर्यटन भित्राउनका लागि महोत्सवको आयोजना गर्न लागेको झण्डा महोत्सव मूल आयोजक समितिले जनाएको छ।

पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक केदारनाथ यादवले भन्नुभयो, विगतका वर्षहरुमा हनुमानको पूजा अर्चना गरि मानाईदै आइरहेको झण्डा मेलालाई महोत्सवमा परिणत गर्दै तेस्रो सखुवानन्कारकट्टी महोत्सव २०७७ आयोजना गरिएको हो। फागुन १५ गतेदेखि फागुन २४ गतेसम्म लाग्ने महोत्सवका लागि गाँउपालिकाले ३४ लाख ५० हजार बजेट छुट्याएको छ।महेश्वारी थानाचौकमा आयोजना हुन् लागेको तेस्रो महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान तथा प्रविधि प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरु हुने जनाइएको छ। फागुन १५ गते शनिवार विहान ८ बजे विशाल शोभा कलश यात्रा संगै उद्घाटन दिनको १२ बजे नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रि माधव कुमार नेपालको प्रमुख आतिथ्यमा उनको हात बाट हुने जनाइएको छ। मूल आयोजक समितका अध्यक्ष केदारनाथ यादबको अध्यक्षता तथा प्रदेश २ सिरहा जिल्ला क्षेत्र नम्वर १ (ख ) का प्रदेश सभा सदस्य अशोक  यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगायत विभिन्न मिडियामा आवद्ध करिब ३० जना संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.