शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खुल्ला रुपमा शौच गर्नेलाई जरीवाना गर्ने सिरहाका स्थानीयहरुको प्रतिबद्धता
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता

रुनकेश कामती - 
सिरहा, ९ फाल्गुन । सिरहाका स्थानीयहरुले खुल्ला रुपमा शौच गर्नेलाई जरीवाना गर्ने प्रतिबद्धता जनाएका छन् । नगरस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति सिरहाको आयोजनामा सिरहाको मखनाहामा भएको वडा स्तरीय सरसफाई सम्मेलनमा सिरहा नगरपालिका सिरहाका वडा नं. ३ का स्थानीयवासीले सो प्रतिबद्धता जनाएका छन् । एक घर एक चर्पी, रमौल मखनाहाको शान, पूर्ण सरसफाइ युक्त, वडा हाम्रो पहिचान नाराका साथ आयोजना गरिएको वडा स्तरीय सरसफाई सम्मेलनमा वडावासीले खुल्ला रुपमा शौच गर्नेलाई पहिलो पटक समातिएमा ५ सय १ रुपैया र दोस्रो पटक समातिएमा १ हजार १ रुपैया जरीवाना गर्ने सामुहिक प्रतिवद्धता जनाएका छन् । 

सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा  शहरी वातावरण व्यवस्थापन समाज (यूम्स) ले सहयोग गरेको सिरहा नगरपालिकाका सरसफाई प्रमुख सुरेश चौरवारले बताए । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ठ अतिथी जिल्ला विकास समिति सिरहाका योजना अधिकृत बासुदेव यादव अतिथीहरु सिचाई डिभिजन कार्यालय सिरहाका लेखाअधिकृत परमानन्द कुमार मण्डल, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष नविन कुमार यादव, भन्सार कार्यालय माडरका भन्सार अधिकृत उपेन्द्र लामिछाने, मधेशी जनअधिकार फोरम गणतान्त्रिका प्रतिनिधी मो. मुस्ताक, स्थानी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, महिला, पुरुष, विद्याथी, शिक्षक, प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको सरसफाइ प्रमुख चौरवारले बताएकाछन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.