शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिभिजन सहकारी कार्यलय लहानको अन्तरक्रिया सम्पन्न
फाल्गुन ९, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , फागुन ९ - 
सोमबार  सिरहाको लहानमा रहेको रोनियार सेवा सदनमा लेखा परीक्षक , सहकारीकर्मी , लाइन एजेन्सीका पदाधिकारीहरु बीच सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यलय लहान सिरहाको आयोजना तथा डिभिजन सहकारी कार्यलय लहानका प्रमुख राम प्रशाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहकारी संस्था सम्बन्धि समस्या , कर सम्बन्धि समस्या , वर्तमान अवस्था , आगामी योजना , वर्तमान र भावी चुनौतीहरु र नया नीति नियमहरु सम्बन्धि अन्तरक्रिया गरिएको छ । कार्यक्रममा लेखा परीक्षक , सहकारीकर्मी , लाइन एजेन्सीका पदाधिकारीहरु , सर्वसाधारण , नागरिक समाज , बुद्धिजीवी , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.