शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बुढेसकालमा आमा बन्दै मनिषा कोइराला
फाल्गुन १०, २०७३ | सरगम खबर समाचारदाता

मुम्बई एजेन्सी फागुन १० । क्यान्सर रोगलाई पराजित गर्दै सामान्य अवस्थामा आइसकेकी बलिउड नायिका मनिषा कोइरालाले अब आमा बन्ने इच्छा देखाएकी छन् ।करिब ५ वर्षपछि फिल्म क्षेत्रमा फर्केकी नायिका कोइराला अब आफ्नो जिन्दगीलाई नयाँ ढंगले अगाडि बढाउन आमा बन्ने योजनामा पुगेकी हुन् । २०१० मा नेपालका व्यापारी सम्राट दहलसंग विहे गरेर दुई वर्षपछि सम्बन्ध विच्छेद गरेकी कोइराला कसरी आमा बन्दैछिन् भन्ने कुरा पनि उनले भनेकी छन् ।भर्खरै एक वेबसाइटसंग कुरा गर्दै उनले एक छोरीलाई धर्मपुत्री बनाउने बताइन् । उनले आफू सबै किसिमले ठीक भएमा छोरी पाल्ने बताइन् । बच्चा भएपछि जिन्दगी छोरीकै आधारमा विताउने योजना बनाएको बताइन् । आफ्नो यो योजनाबाट आफू निकै उत्साहित भएको समेत उनले भनेकी छन् । अहिले मनिषा कोइराला फिल्मी क्षेत्रमै व्यस्त छिन् । निर्माणक्रममा रहेको सञ्जय दत्तको जीवनमा आधारित फिल्म बायोपिकमा देखिने छिन् । यस फिल्ममा उनी सञ्जय दत्तकी आमा नर्गिसको भूमिकामा देखिने छिन् । यसमा रणबीर कपूर सञ्जय दत्तको भूमिकामा हुनेछन् ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.