शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नयाँ बजारलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक - नगरप्रमुख साह
असाड २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २८ - 
लहान नगरपालिका नगर प्रमुख मुनि साहले लहान बजारको नयाँ बजारलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। ‘हाम्रो लहान समृद्ध लहान’को नारा कार्यान्वयनको क्रममा नयाँ बजराको आधुनिकीकरण गर्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको भन्दै विकास कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ । आइतबार लहान नगरपालिका वडा नम्बर -५ को नव निर्मित वडा कार्यलयको  भवनलाई समुद्घाटन गर्ने क्रममा नगरप्रमुख साहले यस्तो बताउनु भएको हो।

चुनावमा गरेको प्रतिवद्धता मध्ये ९० प्रतिशत पुरा काम गरि सकेको दाबी गर्दै उहाँले गौरवको योजनाहरु मध्ये नयाँ बजार लाई आधुनिकीकरण गर्ने कार्य अघि बढाउने तयारी भइरहेकोले कसैले बाधा उत्पन्न नगरी स्थानीय व्यापारी ,नगरवासी लगायत  सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गर्दै ‘सहमति,सहकार्य र एकताको माध्यमबाट लहानको समृद्धिको लागि वातावरण बनाउन प्रयासरत रहेपनि हरेक विकास निर्माणको कार्यमा बाधा उत्पन्न गर्ने र आदालत पुग्ने अभ्यासका कारण विकास कार्यमा तगारो पुगिरहेको दुखेसो पोख्नु भयो। नयाँ बजारका स्टलहरु निर्माण भएपछि अहिले पसल गर्ने व्यापारीहरुलाई नै पहिलो प्राथमिकता दिने ठोकुवा गर्दै नगर प्रमुख साहले भौतिक निर्माण, शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर शहरी र ग्रामीण भेगको विकासलाई सन्तुलनमा राखेर विकास निर्माणका कार्यहरु अगाडी बढाएको बताउनु भयो ।

कार्यक्रममा पुर्व जिल्ला विकास समितिका क्षेत्रपाल तथा  नेकपा एमालेका नेता भक्त बाहादुर भट्टराइले लहानको नयाँ बजार निर्माण कार्यमा कसैले पनि तगारो उत्पन्न गर्न नहुने तर्क गर्नुभयो । लहान–५ का जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न नगरप्रमुख साहले सहयोग गर्दै आइरहेको बताउनुभयो । लहान -५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेका थिए,भने  स्वागत मन्तव्य वडा सदस्य राम कुमारी पासवानले राखेकी थिइन्।
लहान नगरपालिकाको २४ वटा वडाहरुमध्ये ११ वटा वडामा वडा कार्यालय निर्माण हुने कार्य अघि बढिरहँदा लहान -५ को बाख्रा बजार स्थित खुट्टीखोला नजिक आफ्नो भवन निर्माण कार्य सम्पन्न गरि संचालनमा आउने वडा कार्यलयहरु मध्ये लहान–५ पहिलो वडा कार्यालय भएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.