शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्राफिक प्रहरी विरुद्ध यातायात क्षेत्रका मुजदुर आन्दोलित
भाद्र ११, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ११ - 
यातायात क्षेत्रका मजदुरहरुले सिरहाको लहानमा बिहिबार ट्राफिक प्रहरी र नगर प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको भन्दै मजदुरहरु आन्दोलित भएका हुन् । बुधबार ट्राफिक प्रहरी र लहान नगरपालिकाको नगर प्रहरीले बस बुकिङ्ग काउण्टरबाट सरसमान र कागजात लगेर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको थियो । त्यो सरसमान अहिले सम्म फिर्ता नपाएको यातायात मजदुर जुगुत यादवले बताए । पूर्व सुचना विनानै आफ्नो काउण्टरभित्र प्रहरी छिरेर सरसमान लगेको उनको गुनासो छ।बजार एरियाबाट नयाँ बस पार्कमा काउण्टर सार्ने विषयमा विवाद सुरु भएको देखिएको छ । बस व्यावसायी, प्रहरी र नगरपालिकाबीच असार ३० गते भएको सहमति अनुरुप साउन २ गते सम्ममा काउण्टर सार्ने सहमति भएको जनाइएको छ । तर, काउण्टर नसारेपछि सरसमान लगिएको प्रहरीको भनाई छ । सहमति कार्यान्वयन गराउने सन्दर्भमा विवाद देखिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन कुमार दाहालले बताए । सहमति अनुसार काम नभएको देखिएपछि नगर प्रहरी र ट्राफिक प्रहरीले सरसमान उठाएको ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर दान बहादुर मिरिङ्गचिङ्गले बताए । 

यता यातायात मजदुरको तर्फबाट कुनै सामुहिक सहमति नभएको शम्भु चौधरी बताउछन। ‘छलफलको क्रममा दुइ चार जना यातायात मजदुर मात्रै गएको थियो । प्रहरी प्रशासन, नगरपालिकाका प्रतिनिधिले उपस्थितिमा हस्ताक्षर गर्न लगाए पछि त्यही निर्णय भएको सुनाएको छ,’उनले भने,‘प्रहरी प्रशासनले यातायता मजदुरमाथि ज्यादती गरेको छ । हामी आन्दोलित भएको छौँ ।’ प्रहरी प्रशासनले दमन नरोके हामी चरणबद्ध आन्दोलन गर्ने उनले सुनाए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.