शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेकपा (एकीकृत समाजवादी) को लहान नगर अध्यक्षमा साह
आश्वीन ९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज १० - 
सिरहाको लहानमा नेकपा(एकीकृत समाजवादी) पार्टीको लहान नगर भेला बाट बिनोद साहलाई निर्विरोध अध्यक्ष पदमा चयन गरिएको छ। शनिबार गोपालसेवा सदनमा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलाले अध्यक्ष पदमा बिनोद साह, उपाध्यक्षमा जगवीर यादव ,देवेन्द्र यादव , सचिवमा कृष्ण हरि गैरेल , सह-सचिवमा विरेन्द्र चौधरी लगायत ८१ सदस्य रहने गरि लहान नगर कमिटी गठन गरेका छन्। भेला जिल्ला उपाध्यक्ष उत्तर बहादुर मगर र प्रदेश कमिटि सदस्य राम बाबु यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नेकपा(एकीकृत समाजवादी) पार्टी नगर कमिटीले जनाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.