शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने :
मंसिर १९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १९ - 
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायि समिति सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठवन्धनसँग अपारदर्शी, देश र जनालाई आघात पुग्ने सहमति गर्न नसकिने बताउनु भएको छ। नेता पोखरेलले अहिलेको गठवन्धनसँग हामी मिलेर चुनावमा पनि जान चाहन्छौ, तर, नेपाली काँग्रेसले यथास्थितिमा एमसीसी पास गराउने प्रस्तावहरु ल्याईराखेका छन्, त्यतिवेला हामी देश छान्ने कि, गठवन्धन रोज्ने भन्ने अवस्था आयोभने हामी देश छान्छौं ।’ उनले चुनावमा समिकरण गर्नेनाममा हामी कुनैपनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने गरि कुनै पनि सहमति नगर्ने उद्घोष गर्नु भएको छ।

शनिबार आयोजित नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) लहान नगरपालिकाको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्ने क्रममा उनले नेकपा एमाले अव बामपन्थि पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नेतृत्व निरङ्कुशतार्फ अघिबढिरहेको जिकिर गर्दै एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरङ्कुशतातर्फ लैजाने क्रममा रहेको बताउदै केपी ओलीको राजनीति लोकतान्त्रिक राजनीति होइन, नवउदारवादको राजनीति रहेको आरोप लगाउदै केपीको राजनिति सफल भयोभने मुलुले निङ्कुशता ,तानशाहि र दमनात्मक व्यवस्था भोग्नु पर्ने तर्क गरे। उनले हामीले बामएकता गरेर चुनावमा गयौं, जनताले हामीलाई बहुमत पनि दियो । तर, केपी ओली नेतृत्वमा सरकार गठन भयो तर घोषणापत्र अनुसार सरकारलाई अगाडी बढाउन दिइएन । उनले त्यहाँपनि एकाधिकार प्रयोग गरेर सरकार र पार्टी फूटको अवस्थामा पुगेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सीता पोखरेल, नेकपा एमालेका राजेन्द्र चौधरी, लहान २० का वडा अध्यक्ष गणेश चौधरी लगायतकाहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले शहिद परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेशी दल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नव प्रवेशीहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेशकै क्रममा लहान वडा नम्बर-८ निवासी जितेंद्र नायक एमाले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खडग नारायण चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको उद्घोषण लहान २१ का वडा अध्यक्ष हेमन्त यादवले गरेका थिए। भने कार्यक्रममा स्वागत मन्तव्य देब नारायण महतोले राखेको थियो। कार्यक्रममा माओवादी केन्द्रका नेता बिजय गुप्ता,देब नारायण महतो, मनोज सहनी,विद्यार्थी नेता राम उदगार यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.