शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आमहड्तालका कारण सिरहा जिल्लाको जनजीवन प्रभावित
पौष ११, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष ११ - 
औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको ठहर गर्दै जनमत पार्टीले आज सिरहा जिल्लामा आमहड्ताल गरेको छ।आमहड्तालका कारण लहान सहित सिरहा जिल्लाको शैक्षिक संस्था, यातायात, उद्योग, पसल लगायतका शेत्रहरु विहानै देखि ठप्प छन्। आमहड्ताल सफल पार्न जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु विहानै देखि लहान सहित जिल्लाको मुख्य चौकहरुमा टायर बालि प्रदर्शन गरिरहेका छन्। यता अन्य जिल्ला बाट आएका सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन्। भने प्रहरीहरु यातायातका साधनहरुलाई सिरहा जिल्लाको सिमाना कटाउन प्रयास गरिरहेका छन्। शुक्रबार नै जनमत पार्टीका आन्दोलन समितिले किसानलाई रिहा गर लगायतका माग राखेर आजका लागि एकदिने आमहड्तालको घोषणा गरेको थियो । आमहड्तालको पूर्वसंध्यामा शनिवार जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस समेत प्रदर्शन गरिएको थियो । आज सिरहा जिल्लाभर अत्यावश्यक बाहेक यातायात, बजार, शैक्षिक संस्थाहरु, उद्योग कलकारखाना बन्द गराउने जनमत पार्टीले जनाएको छ । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.