शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान १६ का बाघी उम्मेदवार साफी द्वारा १० बुंदे घोषणा
बैशाख १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १८ -
लहान नगरपालिका वडा न. १६ अहिले चुनावमै भएको देखिन्छ। पाचायतकाल देखिको परिपाटीलाई तोडन वडा न. १६ मा ३ जनाले वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन। स्वतन्त्र उम्मेदवारहरु मध्ये एक जना उम्मेदवार नेपाली कांग्रेस क्षेत्र न.१ ( क )  को प्रदेश सभा सदस्य समेत रहनु भएका बाघी उम्मेदरार जगन्नाथ साफीले स्वतन्त्र उम्मेदवारी दिएका छन। बाघी उम्मेदवार साफी लहान १६ का वडा वासीले साथ दिए वडा वासीको चाहना र भावना अनुसार काम गर्ने छु। परिस्थिति जे -जस्तो आए पनी वडा वासीले आफुले पाएको चुनाव चिन्ह पुतली छापमा आफ्नो अमुल्य मत दीई निर्वाचित गराए सेवक भई आफू सदैव काम गर्ने प्रतिवध्ता जनाएका छन। साफी आफ्नो प्रतिवध्ता पत्र सार्वजनिक गर्दै पत्रमा निवर्तमान अध्यक्षलाई निसाना साध्दै " एउटै व्यक्तिले पंचायतकाल देखि हाल सम्म वागडोर सम्हाल्दा पनि विकास र सामाजिक विकृतिहरुलाई बदलिन नसक्नु,विकासका मुलहरु पैल्याउन नसक्नु ,बृद्धा अवस्था सम्म पदलाई निजि सम्झिनु विडम्वना रहेको भन्दै ,त्यसको विरुद्धमा मेरो उम्मेदवारी रहेको उल्लेख गरेका छन। 

बाघी स्वतन्त्र उम्मेदवार जगन्नाथ साफीले हिजो पुतली चुनाव चिन्ह पाए लगतै लहान १६ वडावासीका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन। प्रतिवध्ता पत्रमा साफीले वडा अध्यक्षको सेवा सुविधा प्राप्त रकम बाट वडाको दुर्गम र सुगम ठाउँका २/२ जना निम्न आय भएका जेहेन्दार छात्र छात्राहरु लाई उच्च मावि र माध्यमिक शिक्षा वडा अध्यक्षको अवधिभर उपलब्ध गराउने ,आफ्नो निजि स्रोत बाट वडा कार्यलयको मातहत द्वारा संचालन हुने गरि एम्बुलेन्स प्रदान गर्ने ,वडाको दुर्गम स्थानहरुमा खानेपानीको योजना संचालन गर्ने ,सुविधा सम्पन्न अस्पतालको व्यवस्था मिलाउने ,वडा भित्रका हरेक विधालयलाई आधुनिकीकरण तथा व्यवस्थित शिक्षण गराउने जिम्मेवारी वहन गर्ने ,वडामा रहेको प्राकृतिक सम्पदाको संरक्षण तथा सम्बर्धन गर्ने ,कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने ,निवर्तमान वडा अध्यक्षले गर्न।/गराउन बाँकी रहेको योजनाहरुलाई प्राथमिकताका साथ निरन्तरता दिने, जिल्लामा अवस्थित नगर /गाउँका वडाहरु भन्दा नमुनारुपी वडाको रुपमा चिरपरिचित गराउने,सामाजिक भत्ता उपलब्ध गराउन कानुन बमोजिम सहजीकरण गरि उपलब्ध गराउने लगायतका १० बुंदे प्रतिवध्ता पत्र सार्वजानिक गरेका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.