शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगर प्रमुखले गरे पदभार ग्रहण : लहानको विकास र
जेठ ९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ९ - 
सिरहाको लहान नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरी र उप–प्रमुख रामचलितर महतोले सोमबार पदभार ग्रहण गरेका छन् । लहान नगरपालिकाद्वारा आयोजित एक सभ्य कार्यक्रमका बीच नगर प्रमुख चौधरी र उप–प्रमुख महतोले पदभार ग्रहण गरेका हुन् ।लहान नगर प्रमुख चौधरीले पहिलो प्रतिवध्ता स्वरूप प्रत्येक नागरिकको जन्म दर्ता ,विवाह दर्ता ,मृत्युं दर्ता र नागरिकता सिफारिस नि:शुल्क गर्नुका साथै मुसहर समुदायलाई कृयाखर्च वापत नगरपालिका बाट रु.५००० उपलब्ध गराउने उद्घोष गर्नु भएको छ। त्यस्तै उनले आफ्नो तलब सुविधाबाट दलित बस्तिमा हरेक महिनाको २२ गते राहत बाँड्ने घोषणा गरेका छन् । उनले प्रतेक महिना एउटा वडाको दलित बस्तीमा पुगी प्रतिपरिवारलाई १० किलो चामल, १ पोका खाने तेल र १ किलो नुन उपलब्ध गराउने समेत उद्घोष गर्नु भएको छ।

नगरप्रमुखको पदभार ग्रहण गर्दै चौधरीले लहानको विकास र समृद्धिका लागि अग्रसर रहने प्रतिबद्वता समेत व्यक्त गरेका छन्। लहानमा खस्किँदो शिक्षा, स्वास्थ्य, सरसफाई र कृषि क्षेत्रलाई ब्यवस्थित गर्न दत्तचित्त भएर लाग्ने र सरकारी विद्यालयमा निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा दिने स्थलको रुपमा विकास गर्नेछु बताउदै विद्यालयमा कार्यरत शिक्षकहरुको तलब प्रत्येक महिना उपलब्ध गराउने , बृद्धभत्ता सामाजिक परिचालक मार्फत घर -घरमा पुर्याउने, बस पार्क भित्र प्रवेश गर्ने गाडीलाई मात्र सुविधा शुल्क लिने, लहानको बस पार्क भित्र आँप बजारको व्यवस्थापन गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने, अति आवश्यक योजना बाहेकका अन्य योजनाहरु खारिज गर्ने संगै नगरपालिका अन्तर्गत रहेका शाखा,उपशाखा,वडा कार्यलय र अन्य स्थानमा दैनिक ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज नगर्न हुन् जानकारी गराउदै " शिक्षा ,स्वास्थ्य,कृषि र रोजगार " भ्रष्टाचार मुक्त हाम्रो लहान बजार"को रुपमा विकास गर्ने उहाँले  बताए। त्यस्तै लहान १२ र १६ मा पर्ने  भित्रि सडकको मर्मत सम्भार दश दिन भित्र सम्पन्न गर्न हुन् नगरपालिका कर्मचारीलाई निर्देशन समेत दिएका छन् । 

यसै बीच नगरप्रमुख चौधरीले पदभार ग्रहण गरिसकेपछि उप–प्रमुख रामचलितर महतो ,वडा अध्यक्षहरु क्रमस युगल किशोर चौधरी, सीयाराम यादव,रामदयाल महतो,रामनाथ पण्डित,अवदुल करिम,रमेश गौतम, राम औतार शर्मा,श्याम कुमार साह भोरे भोर, घुरन थारु, मन्टी कुमार मण्ड, सूर्यनारायण चौधरी, बद्रिनारायण चौधरी,मनोज कोइराला,तेज नारायण चौधरी, गरुड बहादुर जर्घा मगर ,प्रथमलाल चौधरी थारु, मो. सामसेर ,मो. कमरुदीन र्राइन,गणेश चौधरी,राज कुमार यादव, श्याम कुमार अधिकारी,बद्री यादव र रासलाल राय राजपुत लगायत वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए। वडा नम्बर १४ का वडा अध्यक्ष धनिकलाल यादव काम बिशेषले उपस्थित हुननसकेको जानकारी गराइएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.